
अग्रता फराकिलो बनाउँदै एथ्लेटिको

सेभियालाई हराउँदै एथ्लेटिको म्याड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ । मंगलबार राति भएको खेलमा एथ्लेटिको २–० ले विजयी बनेको हो ।
एन्जेल कोरियाले पहिलो हाफमा गोल गर्दै डिएगो सिमिओनीको टोलीलाई अग्रता दिलाए भने दोस्रो हाफमा साउल निग्वेजले गोल गर्दै एथ्लेटिकोको जीत सुनिश्चित गरे ।
उता, फर्ममा रहेको सेभियाले सबै प्रतियोगितामा १० खेलमा पहिलोपटक हाल ब्यहोर्यो । हारसँगै सेभिया लिगको छैटौँ स्थानमा सिमित बनेको छ ।
१६ खेलपछि एथ्लेटिकोको ४१ अंक रहेको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा दुई खेल कम खेलेको एथ्लेटिकोको चार अंकको अग्रता रहेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ