
संवैधानिक इजलासमा सपना प्रधान मल्लको ईन्ट्री

प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिट हेर्नका लागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाले सपना प्रधान मल्ललाई सहभागी गराएका छन् ।
न्यायाधीश हरिकृष्ण कार्कीमाथि वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि उनले ‘मुद्दा नहेर्ने’ भन्दै ईजलाश छाडेका थिए । अघिल्लो बुधबारको संवैधानिक इजलासबाट कार्कीले बाहिरिने निर्णय गरेपछि प्रधान न्यायाधीश राणाले कसलाई सहभागी गराउँलान् भन्ने चासो थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधवार कार्कीको ठाउँमा सपना मल्ललाई तोकेका हुन् । संवैधानिक ईजलाशमा प्रधान न्यायाधीश जबरा, सपना प्रधान मल्ल, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ