
प्रहरीका ११ एसपीलाई एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ११ प्रहरी उपरिक्षक (एसपी) वरिष्ठ उपरीक्षक पद (एसएसपी)मा बढुवा सिफारिस भएका छन् । गृहमन्त्रालयको बुधबार बसेको बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले पहिलो नम्बरमा एसपी कृष्णकुमार महतलाई एसएसपीमा बढुवा सिफारिस गरेको छ ।
त्यस्तै बढुवा सिफारिमा पर्ने अन्य एसपीहरुमा गोविन्दबहादुर साह, उमाशंकर पन्जियार, अर्जुनचन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुँइटेल र मोहनप्रसाद पोखरेल रहेका छन्।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ