केन्द्रीय संस्करण

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

person explore access_timeपुस २९, २०७७ chat_bubble_outline0
सांकेतिक फोटो

यहाँ आज बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । ढोरचौरबाट श्रीनगरतर्फ जाँदै गरेको ना ३ ख ९६४३ नम्बरको बसले बरलातर्फ जाँदै गरेको रा ३ प ८६६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शारदा नगरपालिका–६ वरलाका ३० वर्षीय वीरेन्द्र भण्डारीको मृत्यु भएको हो ।     
    
दुर्घटनामा परी गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि सल्यान अस्पताल पु¥याइएको भए पनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्कर दिने बसका चालक फरार रहेकाले खोजी भइरहेको र बसलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.