
लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा माघीको रौनक (फोटोफिचर)

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरलको निवासमा आज भव्य रुपमा माघी मिलन कार्यक्रमको आयोजना गरिएको छ । गतवर्ष जस्तै बुधवार प्रदेशका जनप्रतिनिधिहरु, उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखहरु र संघ–संस्थाका प्रतिनिधि लगायतको उपस्थितिमा माघी मिलन कार्यक्रम मनाइएको हो । कार्यक्रममा बिभिन्न जातजातिको मौलिक नाचका प्रस्तुति र थारु खानाको व्यवस्था गरिएको थियो ।
लुम्बिनी प्रदेशका तराई जिल्लाहरुमा थारु समुदायको बाक्लो बस्ती भएका कारण प्रदेश सरकारले बिहीबार र शुक्रबार सार्वजिनिक विदा दिने निर्णय गरेको छ । कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले माघ र माघी पर्व लुम्बिनी प्रदेशको साँस्कृतिक विशेषता भएको उल्लेख गरे । उनले चाडपर्व कोरोना महामारीबाट जोगिने हिसाबले मनाउन आग्रह गरे ।
लुम्बिनी प्रदेशमा साँस्कृतिक विभिदता रहेको बताउँदै यहाँ भएका साँस्कृतिक झलकहरुलाई पर्यटनको रुपमा विकास गर्न सकिने बताए । उनले गाउँमा होमस्टेको विकास गरी हिल स्टेसनका रुपमा विकास गर्ने योजना रहेको बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ