
जितेन्द्र रसिकको ‘बेलबहादुरसँग बिहे’ बजारमा

काठमाडौं । साहित्यकार जितेन्द्र रसिकको ११औं कृति बालचित्र कथा ‘बेलबहादुरसँग बिहे’ सार्वजनिक भएको छ । कोभिड–१९ को जोखिमलाई मध्येनजर गर्दै एडुकेशनल पब्लिशिंग हाउसका रमण राउत, शितल सुकुभटु र कथाकार जितेन्द्र रसिकले संयुक्त रुपमा उक्त कृति बुधबार लोकार्पण गरिएको हो ।
कथामा नेवारी परम्परामा आधारिक इहि संस्कृतिमा प्रयोग हुने बेललाई प्रतिक बनाएर इहि परम्परामाथि नेवार समुदायका बालिकाको जिज्ञासाको समाधान खोजिएको छ । बेलबहादुरसँग बिहे कथामा एकल महिलाप्रति समाजले हेर्ने दृष्टिकोण र इहि परम्परा भित्र लुकेको सामाजिक क्रान्तिका सन्दर्भ बालमनोविज्ञानमा आधारित रहेर रमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।
कृति सार्वजनिक गर्दै एडुकेशनल पब्लिसिङ हाउसका रमण राउतले कथा कृति मावि तहसम्मका बालबालिकाका लागि निकै उपयोगी रहने बताए । त्यस्तै एडुकेशनल पब्लिशिङ हाउसका लेआउट डिजाइनर शितल सुकुभुटुले ‘बेलबहादुरसँग बिहे’ चित्रकथा बालबालिकाको हातमा परेपछि छोड्नै मन नलाग्ने बताए । संवादात्मक चित्रकथा निकै रमाइलो र जति पढ्यो पढुँपढुँ लाग्ने प्रस्तुति रहेकाले पनि बालबालिकामाझ ‘बेलबहादुरसँग बिहे’ चित्रकथा निकै लोकप्रिय हुने उनले बताए ।
‘बेलबहादुरसँग बिहे’ चित्रकथामा वरिष्ठ चित्रकार एक्कारामसिंको चित्र रहेका छन् । लेआउट एडुकेशनल पब्लिसिङ हाउसका वरिष्ठ डिजाइनर शितल सुकुभटुको रहेको छ । चित्र कथा एडुकेशनल पब्लिसिङ हाउसले सार्वजनिक गरेको हो ।
रङ्गिन चित्रसहितको चित्रकथा ३६ पृष्ठ रहेको छ । कृतिको मूल्य १५० रुपैयाँ रहेको छ । बुधबारबाटै रत्नपुस्तक भण्डार भोटाहिटीं, एडुकेशनल पब्लिसिङ हाउस जमल लगायत काठमाडौंका सबै पुस्तक पसलमा उपलव्ध गराइएको एडुकेशनल पब्लिसिङ हाउसले जनाएको छ । काठमाडौं बाहिर भने केहि दिनमै वितरण हुने पब्लिसिङले जनाइएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ