
रत्नपार्कको विरोधसभामा र्यालीसहित पुगे प्रचण्ड-माधव पक्षका शीर्ष नेताहरु (फोटोफिचर)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड–माधव समूह) को काठमाडौंमा शक्ति प्रदर्शन सुरु भएको छ । विभिन्न स्थानबाट रत्नपार्कमा भेला भएर जुलुस बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपमा गएर सभामा परिणत हुनेछ ।
आजको जुलुसमा नेकपा शीर्ष नेता पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल , झलनाथ खनाल जुलुसको अग्रपंक्तिमा छन् । भृकुटीमण्डमा हुने सभामा प्रचण्ड, नेपाल, खनाल लगायतका नेताहरुले सम्बोधन गर्नेछन् । शीर्ष नेताहरु र्यालीसहित कार्यक्रमस्थलमा पुगिसकेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ