ad
केन्द्रीय संस्करण

ज्यान गुमाएका श्रमिकको शव लिन नेपाल एयरलाइन्सको विमान मलेसिया जाँदै

person explore access_timeमाघ ९, २०७७ chat_bubble_outline0

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगि विविध कारणले ज्यान गुमाएका नेपालीको शव लिन नेपाल एयरलाइन्सको विमान आज मलेसिया जाँदैछ । आज राति ११ बजे नेपाल एयरलाइन्सको वाइडबडी विमान मलेसियाको क्वालालम्पुरका लागि उड्ने नेपाल एयरलाइन्सले जनाएको छ । सो विमान भोलि बिहान ८ः३० बजे काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

वाइडबडी जहाजमा एक पटकमा अधिकतम १८ जनाको शव ल्याउने क्षमता हुन्छ । भोलिका लागि १७ जनाको शवका लागि बुकिङ भएको नेपाल एयरलाइन्सकी प्रवक्ता करिष्मा श्रेष्ठले जानकारी दिइन् ।

नेपाल एयरलाइन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विदेशमा अलपत्र परेका शवहरु ल्याउन लागेको प्रवक्त श्रेष्ठले बताइन् । यद्यपि प्रक्रिया अन्यौलमा रहँदा अझै पनि कयौं शव नेपाल ल्याउन समस्या भइरहेको बताइएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.