ad
केन्द्रीय संस्करण

सगरमाथा आरोही शेर्पाको अन्त्येष्टि

person explore access_timeमाघ ९, २०७७ chat_bubble_outline0

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही दानुरी शेर्पाको अन्त्येष्टि गरिएको छ । बिहीबार स्वयम्भूस्थित समाधिस्थलमा उनको अन्त्येष्टि गरिएको हा । उनको पार्थिव शरीरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले राष्ट्रिय झण्डा ओढाएपछि बौद्ध परम्परा अनुसार अन्त्यष्टि गरिएको हो । 

दोलखास्थित गौरीशंकर गाउँपालिका वडा नम्बर ९ टाँसीनाम निवासी शेर्पाले प्रजातान्त्रिक युवा संघ, नेपालको झण्डा सगरमाथाको शिखरमा पहिलो पटक फहराएर नयाँ कीर्तिमान कायम गरेका थिए । पर्यटन व्यवसाय र समाज सेवाको क्षेत्रमा निरन्तर क्रियाशील शेर्पा २ पटक सगरमाथाको शिखर चुम्न सफल भएका थिए ।

यसैबीच, सञ्चारमन्त्री गुरुङले स्वर्गीय शेर्पाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । गौरीशंकर गाउँपालिका ९ का वडाध्यक्ष छिरिङ शर्पाले पनि उनको निधनप्रति दुुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । फोक्सोमा समस्या देखिएपछि काठमाडौंको चावहिलस्थित हेल्पिङ हेन्ड अस्पतालमा भर्ना भएका शेर्पाको माघ ७ गते निधनभ एको थियो । स्वर्गीय शेर्पाका श्रीमती र ३ जना छोराहरु छन् ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.