
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको सुनुवाइ शुक्रबार ‘हेर्दाहेर्दै’ मा टुंगिएको छ । संवैधानिक इजलासमा शुक्रबार रिट निवेदकका तर्फबाट रिट निवेदकसमेत रहेका अधिवक्ता शालिकराम सापकोटा, वरिष्ठ अधिवक्ता नरहरि आचार्य, अधिवक्ताहरु सुलोचना धिताल, कपिलप्रसाद अधिकारी, राजुप्रसाद चापागाईं, उमेशप्रसाद साह, पूर्णराज घिमिरे, नारायणप्रसाद तिमिल्सिनाले बहस गरेका थिए ।
रिट निवेदनमाथिको सुनुवाईले आइतबार निरन्तरता पाउने भएको छ । रिट निवेदकका तर्फबाट तीन सयभन्दा कानुन व्यवसायीले बहसका लागि वकालतनामा बुझाएका कारण पछिल्ला दिनमा इजलासले कानुन व्यवसायीलाई बहस छोट्याउन आग्रह गर्दै आएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ