ad
केन्द्रीय संस्करण

भारतमा कोभिड–१९ को कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५३ हजार नाघ्यो

person explore access_timeमाघ ९, २०७७ chat_bubble_outline0
file photo

एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार ३२ जना पुगेको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक करोड छ लाख २५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १४ हजार ५४५ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड छ लाख २५ हजार ४२८ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
 
मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड दुई लाख ८३ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ८८ हजार ६८८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।  भारतमा एक साता अघिदेखि कोभिड –१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ ।  सो दिनदेखि हालसम्म १० लाख व्यक्तिले खोप लगाइसेकेका छन् ।    

भारतको राष्ट्रिय राजधानी दिल्लीमा शुक्रबार २२७ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र ८ जनाको मृत्यु भएको छ । भारतमा कोभिड¬–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ७७२ को मृत्यु भइसकेको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बिहीबारसम्म देशभर १९ करोड १४ लाख ४८ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । बुधबार एकै दिनमा मात्र  आठ लाख २४२ जनाको कोभिड¬–१९ परीक्षण गरेको जनाइएको छ  । –सिन्ह्वा
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.