ad
केन्द्रीय संस्करण

अब सञ्चय कोषको कारोबारको तत्काल जानकारी पाइने

person explore access_timeफागुन १३, २०७७ chat_bubble_outline0

काठमाडौँ  । सञ्चयकर्ताले अबदेखि कोषमा दाखिला भएको रकमबारे तत्काल नै जानकारी पाउने भएका छन् । कोषमा रकम जम्मा भए नभएको नै जानकारी नपाइरहेका सञ्चयकर्ताका लागि वास्तविक समयमा नै जानकारी दिनेगरी महालेखा नियन्त्रक कार्यालय र कर्मचारी सञ्चय कोषले संयुक्त रूपमा नयाँ विद्युतीय सरकारी लेखा प्रणालीको सुरु गरेका हुन् ।

यस प्रणालीमार्फत नेपाल सरकार तथा सातै प्रदेश सरकारका निकायहरूमा कार्यरत कर्मचारीको कारोबारको वास्तविक समयमा नै व्यक्तिगत खातामा विद्युतीय माध्यमबाट लेखाङ्कन हुनेछ । यसबाट सञ्चयकर्ताले सञ्चय कोष, निवृत्तभरण कोष तथा कर्मचारी सञ्चय कोष सापटी भुक्तानी रकम कारोबारको वास्तविक समयमा जानकारी पाउन सक्नेछन् ।

प्रणालीको कार्यान्वयनबाट कारोबारको सञ्चय कोष, निवृत्तिभरण कोष तथा सापटी भुक्तानी हुने भएकाले सञ्चय कोष रकम व्यक्तिगत खातामा जम्मा नहुने र हराउने, दोहोरो प्रविष्ट हुने, घटी बढी दाखिला हुने तथा एकै व्यक्तिका धेरैवटा खाता रहनेलगायतका समस्या समाधान हुने अपेक्षा गरिएको छ । प्रणालीको बुधबार आयोजित एक कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव तथा कर्मचारी सञ्चय कोषका अध्यक्ष रामशरण पुडासैनी तथा महालेखा नियन्त्रक मधुकुमार मरासिनीले संयुक्त रूपमा शुभारम्भ गरेका थिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.