ad
केन्द्रीय संस्करण

सिटीको लगातार १९ औँ जीत, रियल पनि विजयी

person explore access_timeफागुन १३, २०७७ chat_bubble_outline0

 

म्यान्चेस्टर सिटीले लगातार १९ औँ जीत निकाल्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा बोरुसिया मोचेनग्लाडब्याचलाई पराजित गरेको छ । यो सिजन प्रतियोगिताको प्रबल दाबेदार सिटीले २–० को जीत हासिल गर्यो ।

जोआ क्यान्सेलोको पासमा गोल गर्दै बर्नार्डो सिल्भाले सिटीलाई अग्रता दिलाए । दोस्रो हाफमा ग्याब्रियल जिसुसले सिटीको जीत सुनिश्चित गरे । जिसुसले अन्तिम १६ मा सिटीका लागि पछिल्ला चार सिजनमा सबै पाँच खेलमा गोल गरेका छन् ।

४३ वर्षपछि प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको ग्लाडब्याचले अब दोस्रो लेगमा खेल उल्टाउन ठूलो संघर्ष गर्नुपर्नेछ । दुई टोली १६ मार्चमा एक आपसमा पुनः भिड्नेछन् ।

उता, प्रतियोगिताको सर्वाधिक विजेता रियल म्याड्रिडले भने १० खेलाडीमा सिमित एटलान्टाविरुद्ध संघर्षपूर्ण जीत हासिल गरेको छ । रियलले १–० गोलले इटालियन क्लबलाई पराजित गरेको हो ।

रियलका लागि फर्लान मेन्डीले गरेको एक मात्र गोल निर्णायक बन्यो । प्रतियोगितामा रियलका लागि उनको यो पहिलो गोल थियो ।

एटलान्टाका रेमे फ्रिउलर खेलको १७ औँ मिनेटमा रातो कार्ड पाउँदै बाहिरिएपछि एटलान्टा १० खेलाडीमा सिमित बनेको थियो ।

रियल थुप्रै स्टार खेलाडी बिना नै मैदानमा उत्रेको थियो । जसमा कप्तान सर्जियो रामोश, करिम बेन्जेमा, एडिन हजार्ड र ड्यानी कार्भाहाल रहेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.