काँग्रेस सांसदको प्रश्न : यो सदनलाई कतिञ्जेल बिजनेसबिहिन बनाउने हो ?

person explore access_timeसाउन १५, २०७८ chat_bubble_outline0

सत्तारुढ दल नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले प्रतिनिधिसभालाई कतिञ्जेल बिजनेस बिहिन बनाउने हो भन्दै प्रश्न गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले कार्यसूची हेर्दा केही काम नभएको भन्दै संसद कहिलेसम्म बिजनेस बिहिन बन्ने बताए । उनले भने–‘ प्रतिनिधि सभालाई कहिलेसम्म बिजनेस बिहिन बनाउने हो ? आज पनि कार्यसूची हेर्दा कुनै विषय नै छैन् । तसर्थ हामी जनताका सामु कति लज्जित भएर बस्नुपर्ने हो ? यसमा पनि सुदृढिकरण होस् ।’

सांसद राजभण्डारीले उखु किसान फेरी आन्दोलन गर्न काठमाडौं आएको भन्दै उनीहरुको भुक्तानीको समस्या समाधान गर्न आग्रह गरे । उनले संविधानको प्रावधान अनुसार मधेशी दलितको हक अधिकारको बारेमा प्रतिपक्षमा हुँदा पनि आवाज उठाउने गरेकोमा अब सरकारमा आएपछि उनीहरुका लागि कानुन बनाउन आग्रह गरे ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।