सर्वोच्चमा नयाँ रिटपछि ठाकुर पक्षको बैठक

person explore access_timeसाउन १५, २०७८ chat_bubble_outline0

महन्थ ठाकुरले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा नयाँ रिट दर्ता गराएका छन् । गत साउन ११ गते जसपामा भएको हेडकाउन्टपछि निर्वाचन आयोगले बहुमतका आधारमा उपेन्द्र यादवलाई पार्टीको आधिकारिकता दिएको थियो । आयोगको उक्त निर्णयको खारेजीको माग गर्दै ठाकुर पक्षले आज सर्वोच्चमा रिट दायर गरेको हो । यसअघि हेडकाउन्ट गर्न निर्वाचन आयोगले दिएको आदेशलाई रोक्न रिट दायर गरिएको थियो । उक्त रिटको फैसला नआइ अर्को दायर गरिएको हो । 

​ठाकुरले आजै आफ्नो पक्षका कार्यकारिणी सदस्यको बैठक बोलाएका छन् । जनता समाजवादी पार्टी नेपालको सम्बन्धमा निर्वाचन आयोगले गरेको निर्णय, सर्वोच्चमा दायर रिट, नयाँ पार्टी गठनलगायतका विषयमा छलफल हुने बताइएको छ । बबरमहल पार्टी कार्यालयमा एक बजेका लागि बैठक बोलाइएको भए पनि अझै सुरु हुन सकेको छैन । ठाकुरको पक्षबाट दायर गरिएको रिटमाथि अदालतमा बहस भएको कारण बैठकमा ढिलाइ भएको हो ।

​यादवले जसपाको आधिकारिकता प्राप्त गरिसकेपछि ठाकुर पक्ष अब के गर्ने भन्ने विषयमा अलमलमा छ । ठाकुर पक्षले कानुन व्यवसायीसँग सल्लाह लिने काम पनि गरिरहेको छ । जसपाको अधिकारिकता यादव पक्षसँग भएपनि ठाकुरलाई पक्षलाई पार्टीबाट निष्काशन नगरेको कानुन व्यवसायीहरुले सुझाव दिएका छन् । विपक्षमा मतदान गरेको कारण निर्वाचन आयोगले उनीहरुलाई अर्को पार्टी दर्ता गर्न भनेपनि उनीहरु अब जसपा छैन भनेर आदेशमा स्पष्ट उल्लेख नभएको उनीहरुको भनाइ छ ।

दल दर्ता प्रकृयामा जाने बित्तिकै संसद पद जाने देखेर तत्कालै दल दर्ता प्रकृयामा ठाकुर पक्ष जान सकेको छैन । राजेन्द्र महतोले आफ्नो पक्षका सांसदलाई संलग्न गराइ नयाँ पार्टी दर्ता गराउन नहुने सुझाव दिएका छन् । दल दर्तामा संलग्न नभएपछि संसद पद नजाने उनको बुझाइ रहेको र उनले पार्टीमा पनि त्यही कुराको प्रस्ताव राख्दै आएका छन् ।
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।