कलाकार दिनेशले कसे नर्बदासँग लगनगाँठो

person explore access_timeअसोज ४, २०७८ chat_bubble_outline0

हास्य कलाकार दिनेश काफ्ले विवाह बन्धनमा बाँधिएका छन् । उनले सिन्धुली घर भएकी थापासँग लगनगाँठो कसेका हुन् । दिनेशले नर्बदासँग मागी विवाह गरेका हुन् । उनीहरुको विवाह समारोह सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नं ४ मा आयोजना भएको थियो । विवाह समारोहमा दुलहा तथा दुलही तर्फका सिमित व्यक्तिहरुको मात्र सहभागिता रहेको थियो । 

सिन्धुली कनपा ८ भिमान निवासी दिनेशले आफनै घरबाट विवाह गरेका हुन् । पार्टी प्यालेसमा धेरै खर्च गरेर विवाहमा गर्नुभन्दा त्यो पैसा सिन्धुलीमा बन्दै गरेको कला घरलाई सहयोग गर्ने उदेश्यले साधारण विवाह गरेको दिनेशले बताए । 

‘विवाह केही पछाडि गर्ने योजना रहेको थियो’ दिनेशले भने ‘ अपर्झट विवाह भएकोले धेरैलाई पनि समेट्न सकिएन ।’ दिनेश लामो समयदेखि कमेडी कलाकारको रुपमा सक्रिय रहँदै आएका छन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।