ad

२ सय करोड ठगी मुद्दामा ज्याक्लिन र नोरालाई सोधपुछका लागि बोलाइयो

person explore access_timeअसोज २८, २०७८ chat_bubble_outline0

२ सय करोड भारतीय रुपैयाँ ठगी र फिरौती मामिलामा बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेज र नोरा फतेहीलाई इन्फोर्समेन्ट डायरेक्टोरेट (ईडी) ले सोधपुछका लागि बोलाएको छ । उक्त मामिलामा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्नहरुलाई ईडीले सोधपुछ गरिरहेको बताएको छ । सुकेश चन्द्रशेखरले रनबक्सीका पूर्व प्रमोटर शिविन्दर सिंह र मलविन्दर सिंहलाई २ सय करोड रुपैयाँ ठगी गरेको आरोप छ । श्रीलंकाली नायिका उनको पत्नी लिना पाउलसँगको सम्बन्धको कारण यस मुद्दामा मुछिएकी हुन् ।


गत अगस्त २४ मा चेन्नईस्थित लिनाको घरमा छापा मारेर एजेन्सीले ८२.५ लाख रकम तथा दर्जनौँ महँगा गाडी बराबद गरेको जनाएको छ । दिल्ली प्रहरीले २ सय करोड रुपैयाँ ठगी र फिरौतीको उजुरी दर्ता गरेको आधारमा यो छानबिन अघि बढाइएको बताइएको छ । चन्द्रशेखर १७ वर्षको उमेरदेखि अपराधको दुनियाँमा प्रवेश गरेको यो सबै घटनाको मास्टरमाइन्ड रहेको ईडीले बताएको छ । उनीविरुद्ध अन्य दर्जनौँ मुद्दा पनि रहेको छ ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।