ad

हाइटीमा १७ जना अमेरिकी मिसनरी अपहरित

person explore access_timeअसोज ३१, २०७८ chat_bubble_outline0

हाइटीको राजधानीबाट १७ जना अमेरिकी क्रिस्चियन मिसनरीहरू अपहरणमा परेका छन्। मिडिया रिपोर्टका अनुसार स्थानीय ग्याङले बालबालिकासमेतलाई अपहरण गरेका हुन् । न्युयोर्क टाइम्सले पोर्ट–एउ–प्रिन्सका सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै उनीहरू शनिबार एक बसबाट अपहरणमा परेको जनाएको छ । सो समूह अनाथालयबाट केही सदस्यहरूलाई विमानस्थल छाड्न गइरहेको रिपोर्टमा उल्लेख गरिएको छ ।


एएफपी समाचार एजेन्सीले पनि सुरक्षा स्रोतको हवाला दिँदै उनीहरूलाई सशस्त्र समूहले अपहरण गरेको जानकारी दिएको छ । सो समय लामो समयदेखि राजधानी र डोमेनिकन रिपब्लिकको सीमामा चोरी र अपहरणमा संलग्न हुँदै आएको बताइएको छ । अमेरिकी सरकारका प्रवक्ताले अपहरणको समाचारबारे आफूहरू जानकार रहेको र विदेशमा रहेका अमेरिकी नागरिकहरूको सुरक्षा आफूहरूको प्रमुख प्राथमिकता रहेको प्रतिक्रिया दिएका छन् ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।