ad

सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

person explore access_timeअसोज ३१, २०७८ chat_bubble_outline0

सुदूरपश्चिम प्रदेशका सरकारी कार्यालय आज पनि खुलेका छैनन् । प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएकाले यहाँका कार्यालय आज पनि बन्द रहेका छन् । 


सङ्घीय सरकारले यो वर्ष फूलपातीदेखि एकादशीसम्म जम्मा पाँच दिन दसैँ बिदा दिएको थियो । त्यसमा सुदूरपश्चिम प्रदेश सरकारले असोज ३१ गते दसैँकै अवसरमा थप एक दिन बिदा दिएको हो ।



आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार  दसैँका लागि भनेर २०७८ वैशाख १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशभर आज पनि बिदा दिने निर्णय गरेको थियो ।



बैठकले सार्वजनिक बिदासम्बन्धी सूचना प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरिसकेको छ ।  







कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।