ad
x

मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै सरोकारवालाको ध्यानाकर्षण

person explore access_timeअसार २३, २०७९ chat_bubble_outline0

उपभोक्ता जागरण अभियान नेपालले मूल्यवृद्धि नियन्त्रणका विषयमा सरकारको ध्यानाकर्षण गरेको छ ।  बजार अनुगमनको मुख्य जिम्मेवारी पाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, त्यसअन्तर्गतको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, र सरकारका मुख्यसचिवलाई भेटेर अभियानका पदाधिकारीले मूल्यवृद्धि नियन्त्रणका लागि चाल्नुपर्ने कदमबारे ज्ञापनपत्रमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।


अभियानले बुझाएको ज्ञापन पत्रमा बजारमा एकाधिकारपूर्ण, अनुचित र कानुनद्वारा निषेधित ब्यापारिक कार्यहरु हुने गरेको उल्लेख छ  । हरेक क्षेत्रमा सेटिङमा काम भैरहेको भन्दै ज्ञापन पत्रमा बजार अनुगमन सार्थक एवम् प्रभावकारी हुन नसकेको आरोप लगाइएको छ । 



जागरण अभियानका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको नेतृत्वमा बुझाइएको ज्ञापन पत्रमा बजार हस्तक्षेपको नीति अख्तियार गर्दै खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत दैनिक अत्यावश्यक वस्तुको विक्री वितरण गरेर आपूर्ति व्यवस्थालाई सहज तुल्याउँदै बजार मूल्यलाई नियन्त्रण गर्नुपर्ने उल्लेख छ । भन्सार गेट मूल्य र उद्योग गेट मूल्यको आधारमा वस्तुको मूल्य विश्लेषण गर्न उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले अधिनस्थ विभाग, कार्यालय र निरीक्षण अधिकृतहरूलाई निर्देशन दिनुपर्ने सुझाव पनि दिइएको छ ।

जागरण अभियानले वस्तु र सेवाका प्रदायकबाट गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारको संरक्षणका लागि उपभोक्तावाद्को सिद्धान्तबाट निर्देशित भई उपभोक्ता जागरण र स्वच्छ बजारका क्षेत्रमा नीतिगत तह र कार्य सञ्चालन स्तरमा योगदान पुर्याउँदै आएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।