ad
x

नयाँ बजेट पेश गर्न र परराष्ट्रमन्त्रीलाई कारवाही गर्न माग

person explore access_timeअसार २३, २०७९ chat_bubble_outline0
file photo

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पेश गर्न सरकारसँग माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद सुवालले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएकाले उनले प्रस्तुत गरेर संसदबाट पारित भएको सो बजेट खारेज गरी नयाँ ल्याउन जरुरी रहेको बताएका हुन् ।


सांसद सुवालले एसपीपीमा सहभागी नहुने मन्त्रिपरिषदको निर्णय अमेरिकालाई पत्राचार नगरेको भन्दै परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई कारबाही गर्न पनि माग गरे । मन्त्रिपरिषदले एसपीपी खारेज गर्ने निर्णय गरेकोलाई अध्ययन हुँदैछ भनि पत्राचार नगर्ने परराष्ट्रमन्त्रीमाथि कारबाही किन हुँदैन ? गोपनीयता भंग गरेका अर्थमन्त्रीको राजीनामा भइसकेको हुँदा पारित गरिएको भनिएको बजेट खारेज गरी नयाँ बजेट पेश गर्न जरुरी छ’, सांसद सुवालको भनाइ छ ।



उनले गोपनियता भंग गर्ने अर्थमन्त्रीको पार्टीको अध्यक्ष र सरकारको नेतृत्व गरेको प्रधानमन्त्रीलाई यसबारे जिम्मेवार बनाउन जरुरी भएको भन्दै नेपाली काँग्रेसकै  नेता शेखर कोइरालाले सरकारकै कारण संस्थागत भ्रष्टाचार बढेको छ भनेकाले प्रधानमन्त्रीमाथि छानविन हुनुपर्ने बताए ।

सुवालले काँग्रेस नेता शेखर कोइराला आफैंले सरकारकै कारण संस्थागत भ्रष्टाचार बढदै गएको भनाई आएको उल्लेख गर्दै प्रधानमन्त्री शेरबहादुर देउवामाथि छानविन गर्नुपर्ने जिकिर समेत गरे ।
भक्तपुरको दुवाकोट र नगरकोट सडकको कालोपत्रे समयमै सम्पन्न गराउन पनि सरकारलाई सुवालले सचेत गराए । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।