ad
x

‘बसोबास सुरक्षित बनाउन राष्ट्रिय मापदण्ड आवश्यक’

person explore access_timeअसार २३, २०७९ chat_bubble_outline0

नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले बसोवासलाई सुरक्षित बनाउनका लागि राष्ट्रिय मापदण्ड आवश्यक रहेको बताएकी छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा विशेष समयमा बोल्दै सांसद अर्यालले वर्षा यामको समयमा बाढी तथा पहिरोका कारण धेरै अव्यवस्थित बसोवासलाई बगाउने र ठूलो जनधनको क्षति हुने भएकाले बसोवासलाई व्यवस्थित बनाउन राष्ट्रिय मापदण्ड बनाउनुपर्ने बताएकी हुन् ।


सुरक्षित वासस्थानको लागि राष्ट्रिय मापदण्डसहितको नक्साङ्कन गर्नुपर्ने अर्यालको भनाइ छ । सो मापदण्डलाई पालिकाहरुले कार्यान्वयन गराउने उनको भनाई छ । यसो गर्न सकेमा वर्षा याममा हुने जनधनको क्षति रोक्न सकिने उनको भनाइ छ ।



सांसद अर्यालले सडकपेटीमा बसेर व्यापार गर्नेहरुको जीविकोपार्जनका लागि सरकारले सहज वातावरण तयार गरिदिनुपर्ने पनि धारणा राखिन् । ‘यसमा हामीले राष्ट्रिय नीति नै तयार पारेर सुरक्षित वासस्थान र त्यसको भौगोलिक बनावटहरुको हिसावले राष्ट्रिय मापदण्डसहितको राष्ट्रिय म्यापिङ नै गर्नुपर्ने हो कि ?’, अर्यालले भनिन्, ‘हरेक पालिकाले नक्शा बनाएर त्यो ठाउँ सुरक्षित गर्नुपर्छ ।’

राष्ट्रिय मापदण्ड बनाएर आवासलाई सुरक्षित गर्ने कुरा नागरिकको ज्यान बचाउने कुरा रहेको भन्दै त्यसो गरे धेरैको ज्यान बचाउन सकिने बताइन् । उनले बढ्दो सडक दुर्घटनालाई रोक्नका लागि पनि राष्ट्रिय नीति नै आवश्यक रहेको भन्दै भएका नीति, नियमको पनि कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिइन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।