एनआरएनएको माग समेटेर नागरिकता विधेयक अगाडि बढाइएको छः प्रधानमन्त्री

person explore access_timeअसार २९, २०७९ chat_bubble_outline0

प्रधानमन्त्री शेरबहादुर देउवाले  गैरआवासीय नेपाली संघ (एनआरएनए)को माग समेत समेटेर सरकारले नागरिकता विधेयक अगाडि  बढाएको बताएका छन् । गैरआवासीय नेपाली संघका अध्यक्षद्वय कुल आचार्य र डा बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । 


संविधानमा गैरआवासीय नेपाली नागरिकताको लागि भएको व्यवस्था  अनुसार  नै विधेयक  पारित हुनेमा प्रधानमन्त्री देउवाले आश्वस्त गराए ।  उक्त अवसरमा संघका अध्यक्ष आचार्यलगायतका पदाधिकारीहरुले यो विधेयक ल्याउन सरकारले चालेको सकारात्मक कदमको लागि  धन्यवाद प्रकट गरेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  



कार्यक्रममा  संघको तर्फबाट युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, युरोप क्षेत्रका युवा संयोजक रमेश काफ्ले, पूर्व आइसिसी सदस्य पशुपति भण्डारी लगायतका प्रतिनिधि सहभागी थिए ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।