चालकलाई आक्रमण गर्न भन्दै ट्रकमाथि चढ्ने युवाको खसेर मृत्यु

person explore access_timeसाउन ३१, २०७९ chat_bubble_outline0

मध्यरातमा मदिरा सेवन गरेर ट्रकका चालक र सहचालकलाई आक्रमण गर्न  भन्दै ट्रकमा चढेका एक युवाको खसेर मृत्यु भएको छ ।   बुटवलबाट पाल्पातर्फ जाँदै गरेको ट्रकलाई बाटो छेकी आक्रमण गर्न ट्रकमाथि चढेका  तानसेन ८ जरे पिपलका २५ वर्षीय विक्रम श्रेष्ठको ट्रकबाट खसेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 


मदिरा सेवन गरी सडकको बिचमा सुतिरहेको अवस्थामा सिद्धार्थ राजमार्ग अन्तर्गत  बुटवलबाट पाल्पातर्फ गइरहेको ग २ ख १०१५ नम्बरको ट्रकले हर्न बजाएर बाटो छाड्न सङ्केत गर्दा उल्टै श्रेष्ठ सहितका ४ जना युवाले ट्रक चालक र सहचालकलाई आक्रमण गर्न ट्रकमा चढेका थिए । 



त्यस क्रममा  ट्रकबाट खसेर घाइते भएका श्रेष्ठको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रवासमा मृत्यु भएको हो । पाल्पा जिल्लाका  प्रहरी  प्रवक्ता प्रहरी निरीक्षक गौतम बोहराले ट्रक  सहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको बताए । उनले  घटनामा संलग्न युवाहरू प्रहरीको सम्पर्कमा रहेको र अनुसन्धान भइरहेको  बताए । 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।