राजस्व छली ल्याउँदै गरेको १५ लाखको विभिन्न सामानसहित दुई जना पक्राउ

person explore access_timeसाउन ३१, २०७९ chat_bubble_outline0

मानेभन्ज्याङ गाउँपालिका–७ हर्कपुरमा राजस्व छली गरी ल्याउँदै गरेको कपडासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे पनौती नगरपालिका–२ बस्ने २७ वर्षीय अनुप दाहाल समेत दुई जना छन् । 


उनीहरुलाई करिब १५ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका कपडाहरू राजस्व छली गरी ल्याउँदै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौंबाट सोलुखुम्बुतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ४५९६ नम्बरको टाटा सुमोलाई प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीले जाँच गर्दा ती कपडा भेटिएका थिए । 



बिल नभएको अवैध रुपमा राजश्व छली ल्याउँदै गरेको अवस्थामा उक्त सामानहरु फेला पारी सुमो चालक दाहाल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको छ ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।