नागरिकता विधेयकमा एनआरएनएको अधिकार प्रति कुनै समस्या छैन : शाह

person explore access_timeभदौ २, २०७९ chat_bubble_outline0

गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद् (आईसीसी)का कोषाध्यक्ष सुनिल शाहले नागरिकता विधेयक फिर्ता सम्बन्धमा सकारात्मक रहन सम्पूर्ण गैर आवासीय नेपालीलाई आग्रह गरेका छन् ।


आइतबार टेक्ससको युलेश स्थित रिपोर्टर्स क्लब नेपालको अमेरिका शाखा कार्यलयमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै आईसीसी कोषाध्यक्ष शाहले फिर्ता भएको नागरिकता विधेयकमा एनआरएनए नेपालीको अधिकार प्रति कुनै पनि समस्या नरहेको जानकारी दिंदै नेपाल सरकारको कानुनी प्रकृयालाई सकारात्मक रुपमा बुझ्न अनुरोध गरेका हुन् ।



नागरिकता विधेयक फिर्ता, एनआरएनएको धारणा विषयक साक्षात्कार कार्यक्रममा प्रमुख वक्ताका रुपमा सहभागी शाहले  विद्यादेवि भण्डारीद्वारा प्रतिनिधी सभामा फिर्ता भएको नागरिकता विधेयक गैर आवासीय नेपालीको नागरिकता सम्बन्धमा नभई अंगीकृत लगायतका अन्य नागरिकताका विषयमा रहेकाले चिन्ता गर्नुपर्ने कुनै कारण नभएको बताएका छन् ।



शाहले जन प्रतिनिधिहरुको घनिभूत छलफल पछि प्रतिनिधि सभाबाट पास भएको विधेयक भएकाले यसमा चिन्ता गर्नु पर्ने कुनै कारण नभएको बताए । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।