वात्सल्य आईभीएफले नेपालमै पहिलो पटक ओभेरियन टिस्यु फ्रिजिङ गर्दै

person explore access_timeअसोज ४, २०७९ chat_bubble_outline0

वात्सल्यले एक कार्यक्रममार्फत ओभेरियन टिस्यु फ्रिजिङको विधि र आवश्यकता सम्बन्धी जानकारी गराएको छ । वात्सल्यकी प्रजनन तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारतीको अगुवाईमा कार्यक्रम गरिएको हो ।


डा. भोला रिजाल, प्रमुख अतिथिका रुपमा रहेको कार्यक्रममा फेसोन (फर्टिलिटि सोसाइटी अफ नेपाल)मा आबद्ध स्त्रीरोग विशेषज्ञहरूको बाक्लो उपस्थिति थियो । जर्मनीका इम्ब्रोयोलोजी विशेषज्ञ डा. जोसेफ लेह्नर र डा आकृति भारतीले यस नयाँ प्रविधि सम्बन्धि तथ्यहरु पेश गरेका थिए ।



यस नयाँ प्रविधि (ओभेरियन टिस्यु फ्रिजिङ) अन्तर्गत महिलाको डिम्बाशय वा यसका केही भाग डिम्बसहित झिकिन्छ । डिम्बसहितको टिस्युको पहिचान गरी यसको फ्रिजिङ गरिन्छ । क्यान्सर रोगका कारण केमोथेरापी गराउनुपर्ने भएमा वा प्रजनन् अङ्गमा हानी पुग्ने अन्य उपचार गराउनु परेमा यो विधि उपयोगी सावित हुने बताइएको छ । यसले डोनर एग नै लिनुपर्ने बाध्यतालाई पनि न्यूनीकरण गर्ने डाक्टरहरु बताउँछन् ।



नेपालमा हालसम्म डिम्ब, शुक्रकीट र भ्रूणको मात्रै फ्रिजिङ हुँदै आएकोमा यसै कार्यक्रम मार्फत् नेपालमै  पहिलो पटक वात्सल्यले ओभेरियन टिस्यु फ्रिजिंगको  शुरुवात गरेको  कार्यकारी निर्देशक प्रशान्त सुवेदीले जनाए।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।