चिट्ठा किन्न छोराको खुत्रुक्के फुटाएर ५० रुपैयाँ लिएका अनुपको भाग्य चम्कियो, २५ करोड जिते

person explore access_timeअसोज ४, २०७९ chat_bubble_outline0

दुई वर्षका छोराको खुत्रुक्के फुटाएर भारतको केरल राज्यस्थित श्रीवराहम निवासी अनुप बी जब पैसा लिँदै थिए, पत्नीले उनलाई निकै गाली गरेकी थिइन् । तर पत्नीको गालीलाई बेवास्ता गर्दै उनले जब चिट्ठा किने, त्यसले उनको भाग्य चम्कियो। उनले सोही चिट्ठाबाट २५ करोड भारु जितेका छन् ।


२९ वर्षीय अनुपका अनुसार उनले ५०० रुपैयाँको चिट्ठा किनेका थिए । उक्त चिट्ठा किन्न उनलाई ५० रुपैयाँ नपुगेपछि छोराको खुत्रुक्के फुटाएर पैसा निकाल्नु परेको थियो ।



उनले बीबीसी हिन्दीसँग भने, ‘भोलिपल्टै चिट्ठाको नतिजा आउँदै थियो, मसँग ५० रुपैयाँ अपुग थियो, खुत्रुक्के फुटाउनुबाहेक अर्को विकल्प पनि थिएन ।’



तर, उनको यो कदमले परिवारकै लागि भाग्यको ढोका खोलेको छ । अटो रिक्सा चलाएर जीविकोपार्जन गर्दैै आएका उनले आफू अहिले ऋणमा रहेको पनि सुनाए । उनले उक्त रकमबाट सबैभन्दा पहिला ऋण तिर्ने बताए । ५/६ लाख रुपैयाँ ऋण तिर्नुपर्ने उनको भनाइ छ ।



उनले चिट्ठामा २५ करोड रुपैयाँ जितेपछि कर कट्टी लगायतका प्रक्रिया पूरा गरेर १५ करोड ७५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । ऋण तिरेर बाँकी रहेको पैसाले घर बनाउने, होटल खोल्ने र केही सामाजिक काम गर्ने उनको योजना छ ।

यो पनि संयोग नै हो कि अघिल्लो वर्ष ओणम बम्पर लटरीको टिकट एक रिक्सा चालकलाई नै परेको थियो र अनुप पनि अटो रिक्सा नै चलाउँछन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।