केन्द्रीय संस्करण

केएएफ २०१७ : कर्पोरेट क्वीजको उपाधि एपेक्सलाई

person access_timeपुस ५, २०७४ chat_bubble_outline0

काठमाडौँ । काठमाडौँ युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट (कुसोम) को वार्षिक उत्सवको अवसर आयोजित कर्पोरेट क्वीज ट्रायाथोनको उपाधि एपेक्स कलेजले जितेको छ ।

प्रतियोगितामा कुसोमको समूह ए उपविजेता रह्यो भने द ब्रिटिस कलेज तेस्रो बन्यो ।

तीनवटा तहमा आयोजित अन्तरकलेज हाजिरजवाफ प्रतियोगितामा ९ वटा टोलीले सहभागिता जनाएका थिए । हरेक समूहमा ५ जना सहभागी थिए । सहभागी कलेजहरुमा आयोजक कुसोमका २ टोलीसहित विजेता एपेक्स कलेज, लिटल एन्जल्स कलेज अफ म्यानेजमेन्ट, युनिग्लोब कलेज, इस्लिङटन कलेज, द ब्रिटिस कलेज,

ग्लोबल कलेज अफ म्यानेजमेन्ट र किङ्स कलेज रहेका थिए ।

विजेतालाई ५ हजार रुपैयाँ तथा उपविजेतालाई २ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

फोटो : विकेश बुढाथोकी 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ