कम्बोडियाली अदालतले अन्तिम जीवित खमेररुज नेताको अपिल उल्टाइदियो

person explore access_timeअसोज ६, २०७९ chat_bubble_outline0

कम्बोडियामा खमेररुज शासन कालमा भएको नरसंहारको अनुसन्धान गर्न गठित संयुक्त राष्ट्रसंघीय अदालतले ९१ वर्षीय खमेररुज नेता खिएउ साम्फानको फैसलालाई कायम गरेको छ । साम्फान खमेरुजका अन्तिम जीवित नेता हुन् । खमेररुजहरुको कठोर शासन ढलेको झण्डै ४० वर्षभन्दा बढी समयपछि सो शासनका अन्तिम जीवित नेताविरुद्ध कारबाही गरिएको हो । 


‘एक्ट्राओडिनर च्याम्सिर इन द कोर्ट अफ कम्बोडिया अर्थात कम्बोडियाली अदालतभित्रको असाधारण कक्ष (ईसीसीसी)’ को नामले चिनिने यस न्यायिक इकाइले ९१ वर्षीय साम्फानको अपीललाई अस्वीकार गर्यो । सम्भवतः यो यस विशेष अदालतको अन्तिम फैसला हुने अपेक्षा गरिएको छ । 



खमेर रुजको संस्थापक राज्य प्रमुख खिएउ साम्फानलाई सन् २०१८ मा मानवता विरुद्धको अपराध र जेनेभा महासन्धिको गम्भीर उल्लङ्घन र जातीय अल्पसंख्यक भियतनामीहरूको नरसंहारमा दोषी ठहर गरिएको थियो । खमेर रुज शासनमा २० औं शताब्दीमा सबैभन्दा क्रुर नरसंहारमध्ये एक भएको थियो । 



चार वर्षे शासनमा सामूहिक मृत्युदण्ड, भोकमरी र श्रम शिविरहरूमा कठोर अवस्थामा रहनुपरेकाले १५ लाखदेखि २० लाख मानिसहरू मारिएका थिए ।  सन् १९७९ मा छिमेकी कम्युनिष्ट मुलुक नै रहेको भियतनामले आक्रमण गरेर सो शासन अपदस्थ गर्दासम्म कम्बोडियाको लगभग २५ प्रतिशत जनसंख्याको मृत्यु भइसकेको थियो ।



खमेररुजको शासनमा झण्डै २० हजार भियतनामी जाति र १ लाखदेखि ५ लाख बीचमा चाम मुस्लिमी मारिएका थिए ।  खिएउ साम्फानले आफूविरुद्धको अदालती सुनुवाई हेडफोनमार्फत सुनेका थिए । उनले अदालतको फैसलामा प्रक्रियागत त्रुटिपूर्ण भएको प्रतिक्रिया दिएका थिए । उनको पुनरावेदन खारेज भयो र आजीवन कारावासको सजाय सुनाइएको थियो ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।