उत्तर कोरियाद्वारा जापानतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

person explore access_timeअसोज १८, २०७९ chat_bubble_outline0

उत्तर कोरियाले उत्तरी जापानको एक क्षेत्रमा शङ्कास्पद मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ। जसकारण जापान सरकारले होक्काइडो टापुका मानिसहरूलाई उडानको समयमा सतर्कता अपनाउन चेतावनी दिएको छ भने केही रेल सेवाहरू अस्थायी रूपमा बन्द गरिएका छन्।


सन् २०१७ यता उत्तर कोरियाले जापानमाथि प्रहार गरेको यो पहिलो क्षेप्यास्त्र हो। संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियालाई बलिस्टिक र परमाणुअस्त्र परीक्षण गर्न प्रतिबन्ध लगाएको छ।



'उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको देखिन्छ। कृपया भवनहरू वा भूमिगत स्थलमा सुरक्षित रहनुहोला,' जापान सरकारले मङ्गलबार जापानको समय अनुसार ७ बजेर २९ मिनेटमा जारी गरेको चेतावनीमा भनेको छ। उक्त देशले यस्तो चेतावनी जारी गर्नु दुर्लभ अवस्था हो।



अधिकारीहरूका अनुसार उक्त क्षेप्यास्त्र जापानबाट करिब तीन हजार किलोमिटर पर प्रशान्त महासागरमा खसेको थियो र त्यसबाट कोही घाइते भएको विवरण आएको छैन। जापानका प्रधानमन्त्री फुमियो किशिदाले उक्त प्रक्षेपणलाई 'हिंसक व्यवहार' भन्दै उक्त कार्यको कडा निन्दा गरेका छन्।

पछिल्लो परिस्थितिलाई लिएर जापान सरकारले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको छ। यो प्रक्षेपण जापान र अमेरिकाको ध्यानाकर्षण गराउनको लागि जानाजान गरेको जस्तो देखिन्छ।

कुनै पनि पूर्व चेतावनी वा परामर्श विना अन्य देशतर्फ वा माथि क्षेप्यास्त्र उडाउनु अन्तर्राष्ट्रिय मापदण्डको पूर्ण उल्लङ्घन हो। धेरै देशहरू यस्तो कार्य गर्न पूर्ण रूपमा जोगिन्छन् किनकि यस्तो कार्यले सहजै आक्रमणको रूप लिनसक्छ र उत्तेजना बढाउन सक्छ।
बीबीसीबाट

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।