केन्द्रीय संस्करण
बहस

‘हामी आफैंले आफै‌लाई देउता घोषित गरेर बस्यौँ’

प्रश्नलाई निषेध गर्ने प्रवृत्ति तथा सिद्धान्त र नेतृत्वको देवत्वकरण गलत

person explore access_timeसाउन २६, २०७६ chat_bubble_outline1
राम कार्की

रातोपाटी

स्कुलिङ भनेको केवल सैद्धान्तिक कुरा पढाउने मात्रै होइन, त्यो त आचरण र जीवन पद्धतिलाई व्यवहारमा लागू गर्ने कुरा पनि हो । नेपालमा हामीले समीक्षा गर्नुपर्यो भने मोहनविक्रम स्कुल, निर्मल लामा स्कुल, मोहन वैद्य स्कुल, प्रचण्डको स्कुल, रोहितको स्कुल वा सीपी मैनाली लगायतका वामपन्थी स्कुल हेर्दा त्यो स्कुलबाट उत्पादित मान्छेले सैद्धान्तिक रूपमा कति विलक्षणका साथ  आफ्ना कुरा राख्छन् भनेर मात्रै हेरिँदैन । कम्युनिस्ट स्कुलमा उसको आचरण कस्तो छ ? जीवन र यथार्थलाई बुझ्ने तरिका कस्तो छ ? सत्यसँग उसको साइनो कस्तो छ ? यस्ता तमाम कुरालाई पनि हेरिन्छ । पुराना सबै नेताहरुको स्कुलबाट उत्पादित विद्यार्थीको आजको स्थिति हेर्दा सबै, दोष उनीहरुलाई थुपार्ने कुरा त भएन । तर त्यसबाट केही त राम्रा मान्छे निस्किन पर्ने हो नि ? यसबारेमा चिन्तन मनन हुनु जरुरी छ । जस्तो हेगेलको स्कुलबाट माक्र्स निस्के । रुसमा प्लेखानोभहरुको मार्क्सिस्ट आधारहरुबाट लेनिनहरु निस्के ।

मन्त्र जप्नु मात्रै पढेको होइन

तपाईं के भन्नुहुन्छ, के पढाउनुहुन्छ भन्दा पनि के गर्नुहुन्छ ? त्यही कुरा मान्छेले पढ्छ । तपाईंले के पढ्नुहुन्छ, अर्कोले त्यही मन्त्र नअड्किई जप्यो भने त्यसलाई पढेको भनिदैन । मुख्य कुरा तपाईं कस्तो जीवन जिउनुहुन्छ भन्ने कुरा मुख्य हुन्छ ।

स्कुल विभागमा कसैलाई जिम्मेवारी दिँदा उसले ‘नैतिक मूल्य मान्यता’लाई कसरी लिएको छ, सिद्धान्तलाई कसरी बुझेको छ, यी तमाम चिजहरुलाई हेर्नुपर्ने हुन्छ ।

महत्वपूर्ण कुरा राजनीतिक कार्यदिशा

नेकपामा कस्तो स्कुल विभाग हुनुपर्छ भन्ने बारेमा ख्याल गर्नैपर्ने महत्त्वपूर्ण कुरा राजनीतिक कार्यदिशा हो । पार्टीले लिने आम राजनीतिक कार्यदिशा के हुन्छ ? त्यसले थुप्रै कुरालाई प्रभावित पार्छ । माओत्सेतुङ्ले यसलाई ‘जाल’ भन्नुभएको थियो । तपाईं जाल कस्तो फ्याँक्नु हुन्छ ? जालका प्वालहरु ठूलाठूला छन् भने मान्छा उम्केर जान्छन्, भ्यागुता पस्लान् । त्यसैले मुख्य कुरा पार्टीको आम राजनीतिक कार्यदिशा हो । हिजो दुई अलग अलग पार्टी भएको स्थितिमा दुईवटै पार्टीले अवलम्बन गरेका राजनीतिक कार्यदिशाको गम्भीर समीक्षा जरुरी छ ।

दस्तावेजमा छलफल नै भएन

ऐतिहासिक भौतिकवाद भनेको इतिहासलाई भौतिकवादी ढङ्गले बुझ्ने कुरा हो । जबसम्म अतीतलाई, इतिहासलाई ठीक ढङ्गले बुझिँदैन तबसम्म वर्तमानलाई बुझ्न सकिँदैन । इतिहास पढ्नु भनेको मृत कुराहरु, बितिसकेका कुराहरु जान्नु मात्रै होइन । त्यो भनेको त वर्तमानलाई बुझ्न पनि सहयोगी बनोस् ।  किनभने वर्तमान भनेकै इतिहासको गर्भबाट जन्मेको हुन्छ ।  इतिहासलाई ठीक ढङ्गले बुझ्न सकियो भने मात्रै वर्तमानलाई बुझ्न सकिन्छ । वर्तमान नबुझी त्यसलार्ई फेर्न सकिँदैन । त्यसकारण इतिहासको पनि समीक्षा हुनुपर्यो ।

हिजो एमालेले जनताको बहुदलीय जनवाद राजनीतिक कार्यदिशा अपनाएको थियो । माओवादीले एक्काइसौँ शताब्दीमा जनवादको विकास भन्ने कार्यदिशा अगाडि ल्याएको थियो । त्यो राजनीतिक दस्तावेज थियो । राजनीतिक कार्यक्रम र कार्यदिशामाथि बृहत् तरिकाले त्यसको राम्रो नराम्रो पक्षमाथि द्वन्द्वात्मक ढङ्गले छलफल हुनुपर्थ्यो । तर दुर्भाग्यको कुरा, त्यसो भएन ।

*******

जस्तो; हिजो एमालेले जनताको बहुदलीय जनवाद राजनीतिक कार्यदिशा अपनाएको थियो । माओवादीले एक्काइसौँ शताब्दीमा जनवादको विकास भन्ने कार्यदिशा अगाडि ल्याएको थियो । त्यो राजनीतिक दस्तावेज थियो । राजनीतिक कार्यक्रम र कार्यदिशामाथि बृहत् तरिकाले त्यसको राम्रो नराम्रो पक्षमाथि द्वन्द्वात्मक ढङ्गले छलफल हुनुपथ्र्यो । तर दुर्भाग्यको कुरा, त्यसो भएन ।

सिद्धान्तलाई देउता बनायौं, आफैंलाई देउता घोषित गर्यौं

हामीकहाँ पितृदेवता मान्ने चलन छ । वितेर गएका सबै कुरा देउता भए । नदेखिने चिज जति सबै देउता भनेजस्तै तत्कालीन एमालेका साथीहरुले जबजलाई र त्यसका प्रतिपादकलाई पनि देउता बनाउनुभयो । यता एक्काइसौं शताब्दीमा जनवादको विकास भन्ने हामी तत्कालीन माओवादीकाहरुले पनि त्यसलाई विकास गर्ने, त्यसमाथि छलफल गर्ने काम गरेनौँ । अलिकति केही प्रश्नहरु त्यतिबेला उठाउन खोजिएको थियो तर पछि केही छलफल नै  भएन । त्यसका प्रतिपादक हाम्रा सबै नेताहरु जिउँदै भएकाले हामी आफैले आफैलाई देउता घोषित गरेर बस्यौँ ।

अतीतको निर्मम समीक्षा जरुरी

त्यसैले अहिले सबैभन्दा जरुरी कुरा अतितको समीक्षा नै हो । हामीले एक्काइसौँ शताब्दीमा जनवादको विकाससम्बन्धी दस्तावेजको निर्मम समीक्षा गर्ने हिम्मत जुटाउनै पर्छ कतै त्यो दस्ताबेज गलत भएकाले त हामी यहाँ आइपुगेका हैनौं ?

हिजोआज रातारात ठेकेदार पार्टी प्रवेश गर्ने,  अर्को कित्ताको मान्छे कम्युनिस्ट पार्टीमा आएर रातारात उमेद्वार बन्न पाइहाल्ने स्थिति पार्टी आउनुभनेको या त एक्काइसौँ शताब्दीमा जनवादको विकासमा हाम्रा कमजोरी थिए या त हामीले त्यसलाई सही ढङ्गले लागू नै गरेनौैं। यो कुरामा निष्कर्षमा त पुग्नुपर्यो नि !

*******

कुनै सिद्धान्त, विचारलाई ग्रहण गर्ने भनेको आलोचनात्मक रूपले चर्चा, परिचर्चा गर्ने, त्यसका सबल, दुर्बल पक्षको समीक्षा गर्ने र व्यवहारमा लागू गर्ने कुरा हो । व्यवहारमा लागू गरिसकेपछि पनि त्यो सही भयो कि भएन भनेर हेर्ने हो । अतीतको निर्मम समीक्षा र त्यो समीक्षा गर्ने दृष्टिकोणले नै हामीलाई वर्तमानलाई बुझ्ने दृष्टिकोण प्रदान गर्छ ।

*******

हिजो जबजलाई अगाडि बढाउने साथीहरुले पनि त्यसलाई शान्तिपूर्ण ढङ्गले समाजवादमा पुग्ने एक मात्र बाटो भन्नुभएको थियो । तर समाजवादतिर जाने छाँटकाँट कतै छैन । कहाँ पुग्ने भनिएको, कहाँ पो आइपुगियो । आज त सम्पूर्ण दलाल पुँजीवादले घेरेको र सबै कुरा त्यसले नै सञ्चालन गर्ने स्थितिमा आइपुगिएको छ । हामीले त्यसको समीक्षा  गर्नुपर्ने अवस्था छ या जबजमा नै केही थियो । जबजले नै डोर्याएर कर्पोरेट हाउस, कर्पोरेट पुँजीवादमा पुर्यायो या त जबज माथि छलफल भएन, त्यसलाई लागू गरिएन,  राम्रो गरी धारण गरिएन । कुनै सिद्धान्त, विचारलाई ग्रहण गर्ने भनेको आलोचनात्मक रूपले चर्चा, परिचर्चा गर्ने, त्यसका सबल, दुर्बल पक्षको समीक्षा गर्ने र व्यवहारमा लागू गर्ने कुरा हो । व्यवहारमा लागू गरिसकेपछि पनि त्यो सही भयो कि भएन भनेर हेर्ने हो । अतीतको निर्मम समीक्षा र त्यो समीक्षा गर्ने दृष्टिकोणले नै हामीलाई वर्तमानलाई बुझ्ने दृष्टिकोण प्रदान गर्छ ।

सबैभन्दा गाह्रो कुरा भनेकै समकालीन इतिहासलाई बुझ्नु हो । जे बितिराखेको छ, हाम्रो बीचमा जे भइरहेको छ, त्यो कुरामाथि बोल्नु, लेख्नु जरुरी छ । प्लेखानोले यसो गरिदिएको भए हुन्थ्यो, लेनिनले त्यसो गरिदिएको भए हुन्थ्यो, माओत्सेतुङ् वा पोलपोटले यसो गरिदिएको भए हुन्थ्यो भनेर भन्न त सजिलो छ ।

सबैभन्दा मुख्य कुरा शिक्षा हो । अहिले नेपालमा शिक्षासम्बन्धी सोच र शिक्षा प्रणाली कस्तो छ ? त्यसलाई बुझ्न मार्क्सवाद चाहियो । वर्तमानलाई कारणसहित बुझ्न, बदल्नका लागि मार्क्सवादको जरुरत छ । अरू कुनै दर्शन, सिद्धान्त वा विचारधाराले वर्तमानलाई बुझ्न सकिँदैन ।

यहाँनेर कम्युनिस्ट मेनिफेस्टोको कुरा आउँछ ।

*******

हाम्रो पार्टीमा आउने ठेकेदारले त त्यो कम्युनिस्ट घोषणापत्र पढेको छैन होला । बिभिन्न क्षेत्रका माफियाहरू जो भटाभट पार्टीमा आइराखेका छन्, तिनले त पनि कम्युनिस्ट मेनिफेस्टो पढेका छैनन् होला ! त्यसबाट उनीहरु निर्देशित छैनन् । अब यिनीहरुको सहारामा वर्तमान बुझ्न सकिन्छ र ? सकिँदैन । त्यसले गर्दा यो दुर्घटनाको सिकार हुन सक्छ ।

*******

हाम्रो पार्टीमा आउने ठेकेदारले त त्यो कम्युनिस्ट घोषणापत्र पढेको छैन होला । बिभिन्न क्षेत्रका माफियाहरू जो भटाभट पार्टीमा आइराखेका छन्, तिनले त पनि कम्युनिस्ट मेनिफेस्टो पढेका छैनन् होला ! त्यसबाट उनीहरु निर्देशित छैनन् । अब यिनीहरुको सहारामा वर्तमान बुझ्न सकिन्छ र ? सकिँदैन । त्यसले गर्दा यो दुर्घटनाको सिकार हुन सक्छ । सक्छ मात्र हैन हुन्छ । मार्क्सवादसँग असङ्गत कुराहरुलाई बोकेर आफूलाई मार्क्सवादी भन्दै हिँड्दा त्यसले निम्त्याउने भनेको दुर्घटना नै हो । त्यसको राम्रो दृष्टान्त रुसमा भएको दुर्घटना नै हो ।

‘जो जिता सिकन्दर’ले समाज फेरिँदैन

नेकपामा अब नयाँ राजनीतिक कार्यदिशाको र  त्यही राजनीतिक कार्यदिशा अनुकुलको राजनीतिक सङ्गठन चाहिएको छ । यथास्थितिमै अघि बढ्ने हो र चुनावदेखि चुनावसम्म नै जाने हो, अरू सङ्घर्षका कुनै पनि रूप नअपनाउने र चुनाव मात्रै गर्ने भने हालकै ढाँचाको सङ्गठनले चलिहाल्छ । त्यसका लागि जित्न सक्नेलाई टिकट दिनुस् । तपाईंलाई कार्यकर्ता किन चाहियो ? जो जिता वही सिकन्दर ! त्यही ठूलो कम्युनिस्ट ।

तर त्यसले समाज चाहिँ फेरिँदैन । त्यसले समाजको सङ्कट झन् घनिभूत हुँदै जान्छ । त्यो एउटा विष्फोटक स्थितिमा पुग्छ । त्यसकारण, कि त समाजवादको आवरण फ्याँकिदिनु पर्यो । हैन, समाजवादको आवरण बोकिराख्ने हो भने समाजवादको अन्तर्य पनि चाहिन्छ । त्यो अन्तर्य भनेको नयाँ राजनीतिक कार्यदिशा नै हो । त्यसका लागि अतितको जबज या एक्काइसौं शताब्दीको जनवादको विकासको समीक्षा गर्नुपर्यो । त्यसलाई पितृश्राद्ध जस्तो नगरौँ । त्यसलाई पितृदेवता नमानाैं ।

अहिले स्कुल विभाग यस्तो चाहिएको छ, जसमा बस्ने मान्छेमा आलोचनात्मक चेत होस्, उसले मेरो गोरुको १२ रुपैयाँ नभनोस् । एमालेबाट आएकोे छ भने जबज नै ठूलो हो भन्ने, माओवादीबाट आएको छ भने एक्काइसौँ शताब्दीमा जनवादको विकास छोड्न मिल्दैन भन्ने हो भने त्यसले मार्क्सवादको गत्यात्मकतालाई बन्ध्याकरण गरिदिनेछ ।

*******

मार्क्सवादले आफैप्रति पनि आलोचनात्मक बन्न सिकाउँछ । जबजका कमजोर पक्षहरू के हुन् भन्ने कुरा एमाले पङ्क्तिबाट कहिल्यै सुनिएन । एक्काइसौं शताब्दीको जनवादको विकासमा त्रुटि के के छन् भन्ने कुरा माओवादीका नेताबाट कहिल्यै सुनिएन । यस्तो पनि मार्क्सवाद हुन्छ ? हामीले त्यसमाथि छलफल नै गरेनौँ । जबज मार्क्सवादी सिद्धान्तमाथि उभिएको छ कि छैन भन्ने विषयमा जुन छलफल चाहिन्थ्यो, त्यो हामीले गरेनौँ । एक्काइसौँ शताब्दीमा जनवादको विकास भन्नेमा हामीले केही प्रस्तावना राख्यौं । त्यो माथि छलफल नै भएन । आफैले अगाडि ल्याएको सिद्धान्तप्रति आफै इमानदार नभए स्वाभाविक रूपमा त्यसले विकृति ल्याउँछ ।

दुवै पार्टी सैद्धान्तिक, वैचारिक रूपमा कमजोर भएपछि एकता भएको हो

अहिले स्कुल विभाग यस्तो चाहिएको छ, जसमा बस्ने मान्छेमा आलोचनात्मक चेत होस्, उसले मेरो गोरुको १२ रुपैयाँ नभनोस् । एमालेबाट आएकोे छ भने जबज नै ठूलो हो भन्ने, माओवादीबाट आएको छ भने एक्काइसौँ शताब्दीमा जनवादको विकास छोड्न मिल्दैन भन्ने हो भने त्यसले मार्क्सवादको गत्यात्मकतालाई बन्ध्याकरण गरिदिनेछ ।

 

दुवै पक्षले पहिला के महसुस गर्नुपर्यो भने दुवै पार्टी सैद्धान्तिक, वैचारिक रूपमा कमजोर भएपछि एकता भएको हो । यी दुईमध्ये एउटा बलियो भएको भए पार्टी एकता हुँदैनथ्यो । एमालेका साथीहरुलाई भित्रबाट के लागेको हुनसक्छ भने कहाँ हिँडेका थियाै‌ं, कहाँ आइपुग्यौं । कैयौं साथीहरुको भनाइमा त्यो अभिव्यक्त हुन्छ, पार्टी त चुनावदेखि चुनावसम्म मात्रै छ । पार्टीभित्र ठेकेदार, तस्कर, माफिया आइराखेका छन् । उनीहरु हाबी भइराखेका छन् । हाम्रा नेता त्यसैको वरिपरि घुमिराखेका छन् । उनीहरुलाई गाउँका कार्यकर्ता आउँदा त्यति प्रिय लाग्दैन ।

*******

हाम्रा नेताहरुले आफ्नो जीवनमा यी दुई पार्टीको एकता घोषणा गरिदिनुभयो, त्यो सबैभन्दा राम्रो भयो । राम्रो कुराको त समर्थन हुन्छ । त्यो समर्थनले उहाँहरु यति उत्साहित हुनु भयो कि अब हामी दुई जनाले बोल्दा हुने रैछ, हामी दुई जनाले सबै तय गर्दा हुने रैछ भन्ने बुझ्नुभयो । त्यो त हुँदैन । संसारमा कोही पनि यस्ता मान्छे छैनन् ।

*******

किन यस्तो स्थिति बन्यो भनेर एमालेभित्र पनि प्रश्न उठे । माओवादीभित्र पनि यत्रो सामाजिक परिवर्तन गर्ने भनेर हिँडेको हेर्दाहेर्दै हामी कहाँ आइपुग्यौँ ! कुन भड्खालोमा आइपुग्याै‌ं भन्ने स्थिति उत्पन्न भएपछि एकता भएको हो । हाम्रा नेताहरुले आफ्नो जीवनमा यी दुई पार्टीको एकता घोषणा गरिदिनुभयो, त्यो सबैभन्दा राम्रो भयो । राम्रो कुराको त समर्थन हुन्छ । त्यो समर्थनले उहाँहरु यति उत्साहित हुनु भयो कि अब हामी दुई जनाले बोल्दा हुने रैछ, हामी दुई जनाले सबै तय गर्दा हुने रैछ भन्ने बुझ्नुभयो । त्यो त हुँदैन । संसारमा कोही पनि यस्ता मान्छे छैनन् ।

‘राजनीतिक स्वतन्त्रताबिना समाजवाद निस्सासिएर मर्छ’

संसारमा त्यतिबेलाका समकालीन र इतिहासको ज्ञानमाथि ठूलो अन्तक्र्रिया बहस, छलफल गरेपछि मात्रै मार्क्सवाद निस्केको हो । मार्क्सले, एङ्गेल्सले बारबार भन्नुभएको छः वर्ग सङ्घर्ष हामीले पत्ता लगाएको विषय होइन । त्यसमा उहाँहरुको योगदान कति छ भन्ने कुरा पनि उहाँहरुले देखाउनुभएको छ । यसबाट के प्रष्ट हुन्छ भने यहाँ कसैले एक्लै बहादुर बनेर यो संसार मैले भनेजस्तो चल्छ भनेर हुँदैन, त्यसरी चल्दै चल्दैन ।

*******

रोजा लक्जेम्बर्ग बारम्बार भन्ने गर्थिन्– राजनीतिक स्वतन्त्रताबिना समाजवाद निस्सासिएर मर्छ । नभन्दै सोभियत सङ्घमा राजनीतिक स्वतन्त्रताको अभावमा समाजवाद अन्ततः निसासिएरै मर्यो । जहाँ पनि राजनीतिक स्वतन्त्रताबिना समाजवादी उद्देश्य हाँसिल गर्न खोजिन्छ, त्यहाँ त्यो निसासिएर मर्छ ।

*******

त्यसकारण सबै विचारलाई, ‘सयौं फूललाई फुल्न दिने’ स्कुल विभाग हुनुपर्यो । अहिले स्कुल विभागमा दाबेदार भनिएका व्यक्तिहरु पनि सबै टेस्टेड छन् । चिनिएकै व्यक्ति छन् । समाजवाद भनेको डेमोक्रेसीको पनि उच्चतम बिन्दु हो । रोजा लक्जेम्बर्ग बारम्बार भन्ने गर्थिन्– राजनीतिक स्वतन्त्रताबिना समाजवाद निस्सासिएर मर्छ । नभन्दै सोभियत सङ्घमा राजनीतिक स्वतन्त्रताको अभावमा समाजवाद अन्ततः निसासिएरै मर्यो । जहाँ पनि राजनीतिक स्वतन्त्रताबिना समाजवादी उद्देश्य हाँसिल गर्न खोजिन्छ, त्यहाँ त्यो निसासिएर मर्छ । त्यसकारण यहाँ राजनीतिक, वैचारिक र सैद्धान्तिक कुराको बहिङ्गम बहस गराउने खालको स्कुल विभाग चाहियो ।

नेतालाई भेट्ने कार्यकर्ता उत्साहित हैन, निराश भएर किन फर्कन्छ ?

हाम्रो पार्टीमा दस लाख कार्यकर्ता छन् । उनीहरुको पहिलो स्कुल भनेको नेताहरु हुन् । कार्यकर्ताहरु नेतालाई भेट्न जब आउँछन्, त्यहाँ नेताले बोलेको कुरा मात्रै सुनेर जाँदैनन् । उनीहरु नेताका रहनसहन, जीवनशैली र वरिपरिका परिवेशहरुबाट पनि प्रभावित बन्ने गर्छन् ।

*******

नेताकाेमा को भेट्न आउँछ, को जान्छ,  सबै कुराको ख्याल गरिरहेका हुन्छन् । त्यसबेलामा उनीहरुले कुनै व्यापारी एउटा पोको लिएर गएको कार्यकर्ताले देखे भने नेताले गरेका सबै भाषण बिर्सन्छन् ।

*******

जस्तै, नेता भेट्दा उनीहरु नेताका विचार र कुराबाट मात्र प्रभावित हुँदैनन् । उनीहरु त नेताको छोरी, छोरा, आफन्तहरूका गतिविधि नियालिरहेका हुन्छन् । उनीहरू केमा आउँछन्, केमा जान्छन्- सवैतिर चियाउँछन् । नेताकाेमा को भेट्न आउँछ, को जान्छ, सबै कुराको ख्याल गरिरहेका हुन्छन् । त्यसबेलामा कुनै व्यपारी एउटा पोको लिएर गएको कार्यकर्ताले देखे भने नेताले गरेका सबै भाषण बिर्सन्छन् ।

हिजो लेनिन, माओत्सेतुङलाई भेटेपछि एकदम उत्साहित भएर लड्ने क्षमता लिएर फर्कन्थ्यो । हाम्रो देशको सन्दर्भमा कुरा गर्ने हो भने अहिले नेतालाई भेट्ने अधिकांश कार्यकर्ता उत्साहित हैन, निराश भएर फर्कन्छ ।

त्यसकारण पहिलो स्कुल भनेको त्यही हो । स्कुलिङ भनेको हामीले के लेख्छौं, के बोल्छौं भन्ने मात्रै हैन, हामी के गर्छौं, त्यो पनि हो । जस्तो; हामीसँग विमति राख्ने मान्छेसँग कति मिल्छौं ? युनिर्भसल कुरा जस्तो छ, तपाईं जति कम शासन गर्न चाहनु हुन्छ, त्यति तपाईंको शासन लामो टिक्छ । संसारमा कडा चिज चाँडै भाँचिन्छ । विध्वंशको आवाज हुन्छ । रूख ढल्दा आवाज आउँछ तर रुख बढ्दा आवाज आउँदैन ।

 

खाँचो पारदर्शिताको

हाम्रा नेताले भात नखाऊन्, हाम्रा नेता भोकै बसून्, जाडोमा कामुन् भनेको हैन । शर्त यति हो, त्यो पारदर्शी होस् । बख्खु लाउन्, ज्वारी कोट लाउन्, अरू के–के लाउन्, जनताले मान्छन् । ६० वर्षसम्म फिडेल क्यास्ट्रोलाई स्वीकार गर्यो । उसको नाममा एउटा बाटो छैन, क्लब छैन । उनले पहिल्यै भनेका थिए, मेरो नाममा केही नबनाउन् । त्यसैले क्युबाका कुनै पनि सडक फिडेल क्यास्ट्रोको नामकरण गरिएका छैनन् । तर फिडेल क्यास्ट्रोेको नैतिक प्रभाव यस्तो थियो कि उनले सुसेली मार्दा मात्रै पनि दस लाख जनता सडकमा आउँथे । त्यसो हुनुको एउटै कारण उनले पारदर्शी जीवन बाँचे । उनी नाङ्गै पनि बसेनन् र जे जस्तो जीवन बाँचे, त्यो पूर्णतः पारदर्शी थियो, उनको भनाइ र गराइमा तादाम्यता थियो ।

*******

क्युबाका कुनै पनि सडक फिडेल क्यास्ट्रोको नामकरण गरिएका छैनन् । तर फिडेल क्यास्ट्रोेको नैतिक प्रभाव यस्तो थियो कि उनले सुसेली मार्दा मात्रै पनि दस लाख जनता सडकमा आउँथे । त्यसो हुनुको एउटै कारण उनले पारदर्शी जीवन बाँचे । उनी नाङ्गै पनि बसेनन् र जे जस्तो जीवन बाँचे, त्यो पूर्णतः पारदर्शी थियो, उनको भनाइ र गराइमा तादाम्यता थियो ।

*******

त्यसकारण हाम्रो स्कुलिङको मुख्य कुरा भनेकै पारदर्शिता हो । त्यसमा मार्क्सवादका आधारभूत कुरा पढाउने त छँदै छ । ऊ त्यो पढिसकेपछि आलोचनात्मक बनोस् । उसले प्रश्न गरोस् । हाम्रो पार्टीमा पनि प्रश्न गर्नेलाई प्रोत्साहित गर्नुपर्यो । यहाँ त एक पटक प्रश्न गरेपछि नेतासँग भेट्नै हुँदैन । त्यसपछि कसरी नयाँ विचार आउँछ त ?

त्यसैले अब बनाउने स्कुल विभागलाई गहन वैचारिक छलफलमा होम्नु जरुरी छ । नेपालको शिक्षा, स्वास्थ्य कस्तो छ ? नेपालको कृषि कस्तो छ ? महिला, दलित प्रश्नलाई कसरी समाधान गर्ने ? मधेसको प्रश्नलाई कसरी समाधान गर्ने ? यी लगायत यावत विषयहरुलाई गहन छलफल लैजानुपर्छ । मधेशमै मुद्दाका सन्दर्भमा मधेसीहरुकै बीचमा घनिभूत छलफल गरौँ न । कसो गर्दा मधेसी जनताले भेदभाव अन्त्य भएका महसुस गर्छन् । त्यो कुरा हामी मधेसी कमरेडहरु बीचमा छलफल गर्न सक्दैनौँ ? अब हामी यसरी जानुपर्छ । मुख्य कुरा भनेकै हाम्रो नीति बनाउने तरिका, बजेट बनाउने तरिका र हाम्रो आचरणमा परिवर्तन गर्नु जरुरी छ ।

*******

निकास हुन नसकेको राजनीतिक गुम्स्याइले बाहिर निस्कनको लागि कुनै न कुनै कमजोर धरातल खोज्छन् । अहिले पार्टीभित्र मडारिएको आक्रोसले कहीँ न कहीँ विष्फोट हुने ठाउँ खोजिराखेको छ ।

*******

स्कुल विभागमा रडाको किन त ?

नेपालको अवस्था कस्तो हो भन्ने कुरा बुझ्न २०३६ सालको घटनालाई हेर्न सकिन्छ । त्सबेला उकुसमुकुस यहाँ थियो तर जुल्फिकर भुट्टोलाई मार्यो भन्ने निहुँमा नेपालमा आन्दोलन भयो । त्यसको निकासको लागि पनि पाकिस्तानको घटना निहुँ बन्यो । यसले के देखाउँछ भने निकास हुन नसकेको राजनीतिक गुम्स्याइले बाहिर निस्कनको लागि कुनै न कुनै कमजोर धरातल खोज्छन् । अहिले पार्टीभित्र मडारिएको आक्रोसले कहीँ न कहीँ विष्फोट हुने ठाउँ खोजिराखेको छ । अहिले स्कुल विभागको विवादलाई पनि त्यही सन्दर्भमा जोडेर हेर्न सकिन्छ । फेरि स्कुल विभागको नेतृत्व कसले लिने भन्नेबारेमा बहस, छलफल र विवाद हुनु आफैंमा राम्रो कुरा हो । यहाँ मन्त्री बन्न रडाको गरेको भए पो अन्यथा लिनु, स्कुल विभागमा बस्न होड गरिन्छ भने त्यो राम्रो कुरा हो ।

संख्याले जोगाउँदैन, जोगाउने सही विचारले नै हो

जबजको राजनीतिक कार्यदिशा अपनाएपछि एमाले ठूलो पार्टी भयो । त्यसबेलाको चुनावको परिणामले त्यही देखायो । उनीहरुलाई के भ्रम भयो भने अब हामी सबैलाई खान्छाँै । ०६४ मा माओवादीलाई पनि त्यस्तै लाग्यो । ०६४ मा एमालेले माओवादीसँग एकता गरौँ भनेको भए माओवादीले कुट्थ्यो । अहिले एमाले कहाँ छ ? हामी एमालेलाई देखाइदिई हाल्छाँै नि । भन्ने एमाओवादीलाई लागेको हुन सक्छ । त्यसैगरी,  ०७० मा आएपछि एमालेलाई के लाग्न थाल्यो भने माओवादीलाई अब हामी खान्छौं । तर त्यस पछाडिको निर्वाचनले के देखायो भने दुईवटैले दुईवटालाई नै खान सक्ने स्थिति छैन । जबजको कार्यनीतिले ठूलो पार्टी बनाएको त देखियो तर त्यो जबजले बनायो कि जबज छोडेर बनायो ? संस्कार के बन्यो ? संस्कृति के बन्यो ? यो पाटो महत्वपूर्ण हो ।

*******

दस हजार मात्र पार्टी सदस्य भएको पार्टी थियो बोल्सेभिक । तर त्यही पार्टीले दसौँ लाख जनतालाई जागृत गर्दै अक्टोबर क्रान्तिलाई सफलतापूर्वक सम्पन्न गराएर संसार हल्लाइदियो । पछि पनि पार्टी त्यही बोल्सेभिक नै हो, जसको पार्टी सदस्यको सङ्ख्या करोडौँ हुँदा चाहिँ रुसमा समाजवाद ढल्यो । करोडौँ सदस्यले देश जोगाउन सकेन, रुसी महासङ्घ टुक्रियो ।

*******

रुसको इतिहास हेर्ने हो भने दस हजार मात्र पार्टी सदस्य भएको पार्टी थियो बोल्सेभिक । तर त्यही पार्टीले दसौँ लाख जनतालाई जागृत गर्दै अक्टोबर क्रान्तिलाई सफलतापूर्वक सम्पन्न गराएर संसार हल्लाइदियो । पछि पनि पार्टी त्यही बोल्सेभिक नै हो, जसको पार्टी सदस्यको सङ्ख्या करोडौँ हुँदा चाहिँ रुसमा समाजवाद ढल्यो । करोडौँ सदस्यले देश जोगाउन सकेन, रुसी महासङ्घ टुक्रियो ।

संख्याले जोगाउँदैन, जोगाउने सही विचारले नै हो भन्ने इतिहासको यो निर्मम घटनाबाट पाठ सिक्नु जरुरी छ । आफूहरुले अंगालेको राजनीतिक कार्यदिशा र सिद्धान्तले पार्टी कस्तो बन्यो भन्ने कुरा पूर्वमाओवादी र पूर्वएमालेले पनि समीक्षा गर्नुपर्छ । आठ लाख सदस्य भएको पार्टीले असल उद्देश्यका निम्ति आठ हज़ार मानिस परिचालन गर्न नसकिने हाम्रो बर्तमान हालत फेर्ने आँट जुटाउनुको सट्टा अतितको गौरव गाएर लठ्ठिनुले हामीलाई भडखालोतर्फ नै लैजान्छ । अहिलेको अंह प्रश्न भनेकै अतितसँग टाँसिरहने वा अतितको पूजा गर्ने कुुरालाई परित्याग गरेर समीक्षा गर्नुपर्‍यो, वर्तमानलाई अध्ययन गर्नुपर्‍यो र वर्तमानलाई परिवर्तन गरेर अग्रगामी दिशातिर अघि बढ्ने सही राजनीतिक कार्यदिशा अपनाउनु पर्‍यो ।

 

(कार्कीसँग रातोपाटीका लागि बबिता शर्माले गरेको  कुराकानीमा आधारित)

कमेन्ट

  1. Aug. 12, 2019, 6:46 a.m. Krishna kopila
    Real analysis dear comrade Ram Karkiko !
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...