केन्द्रीय संस्करण

मोहनविक्रमले भारतीय राजदूतसँग पत्नीलाई मन्त्री बनाउने प्रस्ताव राखेको खबर बाहिरिएपछि...

person explore access_timeसाउन २७, २०७६ chat_bubble_outline1
file photo

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंह र उनी पत्नी सांसद दुर्गा पौडेलले केही मिडियाले आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन् । मसालका प्रवक्ता रामप्रकाश पुरीले सोमबार विज्ञप्ति जारी गर्दै ती मिडियाले महामन्त्री सिंह र सांसद पौडेलको चरित्र हत्या गर्न खोजेको आरोप लगाएका हुन् । विज्ञप्तिमा चरित्र हत्या गर्ने उद्धेश्य समाचार प्रकाशित गर्ने मिडियालाई कार्वाही गर्न समेत प्रेस काउन्सिसँग माग गरिएको छ ।  

केही दिन अगाडि महामन्त्री सिंह र  सांसद पौडेलले एउटा विवाह समारोहमा सहभागी भएको बेला भारतीय राजदूत मञ्जिवसिंह पुरीसँग  दुई घण्टा गोप्य वार्ता गरेको र उक्त गोप्य वार्तामा आफ्नी पत्नी पौडेललाई मन्त्री बनाइदिनका लागि सिंहले अनुरोध गरेका थिए भन्ने समाचार प्रकाशित गरेका थिए । तर ती पत्रिकारहरुले उक्त समाचारको खण्डन गर्न समेत आवश्यक नठानेको महामन्त्री सिंह र सांसद पौडेलले आरोप लगाएका छन् । उनीहरुले अलग–अलग निवेदनसहित प्रेस काउन्सिलमा उजुरी समेत दर्ता गरेका थिए  । तर, काउन्सिलले समेत आवश्यक कदम नचालेको उनीहरुको आरोप छ ।

आफ्नो पार्टीले प्रेसको स्वतन्त्रताका पक्षमा सधैँ आवाज उठाउँदै आएको र त्यसमाथि नियन्त्रण गर्ने सरकारको प्रयत्न वा विधेयकका विरुद्ध समेत आवाज उठाउँदै आएको विज्ञप्तिमा दाबी गरिएको। 

कमेन्ट

  1. Aug. 12, 2019, 8:09 p.m. Khum Rayamajhi
    एडमिनज्यु तपाइ र तपाइको अनलाइनले सस्तो लोकप्रियताको लागी यस्तो घृणा लाग्दो हेडलाइन राख्न हुन्छ?? म पनि एउटा पत्रकारिता सामान्य व्यक्ति हो,सर्वप्रथम यस्तो गम्भिर विषयलाई रात‍ो पाटीका एडमिनले भ्रामकरुपमा हेडलाइन राख्न हुने थिएन।दोश्रो कुरा हल्ला हल्लाको देश नेपाल त्यसै चुनिएको हैन,हामी नेपालीहरुले हेडलाइन हेरेर शेयर वा प्रतिक्रिया गर्ने गरेको प्रशस्त भेटिन्छन्। वास्तविक समाचारको रहस्य के हो र समाचारले भन्न खोजेको के ह रैछ भन्ने कुरा अद्य्यन गर्न चाहँदैनौ जसले गर्दा प्राविधिकमा हामी सधै पछाडी नै रहने गर्छौ। जय हल्लै हल्लाको देश नेपाल र हामी नेपाली!!!
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...