
ह्याम्स अस्पतालले लेक लागेको एक बिरामीको एयर एम्बुलेन्समार्फत उद्धार गर्यो

काठमाडौं– ह्याम्स अस्पतालले आज लेक लागेको एक महिलाको एयर एम्बुलेन्समार्फत उद्धार गरेको छ । सिन्धुपाल्चोकको पाँचपोखरी ४२ सय मिटरमाथि लेक लाग्दा (हाई अल्टीच्यूट) स्थानिय एक महिलाको स्वास्थ्य गम्भीर भएपछि उनको एयर डाईनेष्टीको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । उनको अहिले डाक्टर बिना गुरुङको टिमले उपचार गरिरहेको छ ।
ह्याम्सले भौगोलिक विकट र स्वास्थ्यमा गम्भीर समस्या देखिएको नागरिकको हेलिकप्टरमार्फत उद्धारसँगै उपचार गर्ने लक्ष्यका साथ साउन २० गतेबाट एयर एम्बुलेन्स सेवा सुरु गरेको हो ।
भौगोलिक अवस्था अनुकूल छिटो छरितो स्वास्थ्य सेवा प्रदान गर्ने हेतु दिवा सेवाको रुपमा १२ घण्टा एयर एम्वुलेन्स सेवा विस्तार गरेको अस्पतालले जनाएको छ । ह्याम्सको एयर एम्बुलेन्स सेवा यो पहिलो हो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
- Aug. 13, 2019, 4:20 p.m. Deva Raj BhandariBill Birami le pay garni ta hola ni ?? free ma resque gareko bhaye po news rakhani ... sala markting garni meso ta ho ni . thag haru
- 0 Reply