
ADVERTISEMENT
ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डका लागि अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं– ग्लोबल आइएमई बैंकले ग्राहकको सहज पहुँच र सुविधालाई ध्यानमा राखी क्रेडिट कार्डको दरखास्त फारम अनलाइन प्रणाली मार्पmत भर्न सक्ने व्यवस्था गरेको छ ।
यसका साथै ग्राहकहरुले आफ्नो क्रेडिट लिमिट बुझ्न र कार्ड कसरी पाउने भन्ने सम्बन्धी जानकारी अत्याधुनिक प्रविधियुुक्त अनलाइन प्रणालीको माध्यमबाट पाउन सक्नेछन् । क्रेडिट कार्ड लिन इच्छुक ग्राहकहरुले ग्लोबल आइएमई बैंकको वेबसाइट www.globalimebank.comमा गई आवेदन दिन सक्नेछन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नेहोस्
Loading comments...
तपाईको ईमेल गोप्य राखिनेछ