
ADVERTISEMENT
च्याउ खाँदा आमाको मृत्यु, छोरो सिकिस्त

file photo
जाजरकोट- जङ्गली च्याउ खाँदा आमाको मृत्यु भएको छ भने छोरो सिकिस्त बिरामी भएका छन् । जङ्गली च्याउ खाँदा बारेकोट गाउँपालिका–८ की ५० वर्षीया मनमाया कुमाईको मृत्यु भएको हो ।
उनलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा सुर्खेतको मेहलकुनामा मृत्यु भएको हो । च्याउ खाँदा उनको १४ वर्षीय छोरो युवराज सिकिस्त बिरामी भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
कमेन्ट
कमेन्ट गर्नेहोस्
Loading comments...
तपाईको ईमेल गोप्य राखिनेछ