अर्थ

राताम्मे सेयर बजार : २४ अंकले घट्दा १ अर्ब ६७ करोडको कारोबार access_timeमंसिर १९, २०७९

सोमबार २४ अंकमाथिले घटेको सेयर बजार राताम्मे बन्न पुगेको छ । अघिल्लो दिन २ अंकले मात्र बढेर १९६३.२२ अंकमा उक्लिएको नेप्से सूचक आज २४.४६ अंकले घट्दै पुनः १९३८.७६ अंकमा ओर्लिएको हो ।  यद्यपि, आज १ अर्ब ६७ करोड ४ लाख रूपैयाँ बराबरको ४१ लाख २७ हजार कित्ता सेयर ...

साढे ४ महिनामा २ खर्ब ९६ अर्ब राजस्व संकलन, विकास खर्चभन्दा वित्तीय भुक्तानी धेरै access_timeमंसिर १९, २०७९

चालु आर्थिक वर्षको साढे ४ महिनाको अवधिमा सरकारी खर्च र आम्दानी लगभग उस्तै देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार मंसिर १९ गतेसम्म ३ खर्ब २५ अर्ब २६ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन भइराख्दा यता सरकारको खर्च ३ खर्ब ९२ अर्ब ४३ करोड ९८ लाख रूपैयाँ भएको हो । ...

डेढ दशकमा ६४ प्रतिशत सम्पन्न भयो मध्यपहाडी राजमार्ग access_timeमंसिर १९, २०७९

मध्यपहाडको समृद्धिको आधारका रुपमा रहेको पुष्पलाल (मध्यपहाडी) राजमार्गको निर्माण शुरु भएको डेढ दशकमा ६४ प्रतिशत पूरा भएको छ ।  आयोजनाको पहिले तोकिएको अवधि सकिएको छ वर्ष नाघिसक्दा पनि कतिपय खण्डमा सडक कहाँबाट बनाउने (रेखाङ्कन) मा नै अन्योल छ । पहिले बूढीगण्डकी न...

मध्यमोदी जलविद्युत् आयोजनामा परीक्षण उत्पादन सुरु access_timeमंसिर १९, २०७९

मोदी खोलामा निर्माणाधीन १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण पूरा भएको छ । आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादनको तयारी सुरु गरिएको हो ।  मिडिल मोदी हाइड्रोपावर लिमिटेडले विसं २०७१ को मङ्सिरमा सुरु गरेको आयोजना आठ वर्षको अवधिमा...

समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग access_timeमंसिर १९, २०७९

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदान अन्तर्गत प्रदेश सरकार र स्थानीय तहमा सञ्चालन गरिने आयोजना तथा कार्यक्रमका लागि प्रस्ताव माग गरेको छ ।  आयोगले आज प्रदेश सरकार र स्थानीय तहलाई सूचना जारी गर्दै आगामी आर्थि...

राष्ट्र बैंकको सम्पूर्ण वित्तीय जानकारी अब एफआईयू–नेपालबाट access_timeमंसिर १९, २०७९

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइको नामलाई सरलीकरण गरिएको छ । बैंकले यसअघिको चलनचल्तीको अंग्रेजी नाम ‘फाइनान्सियल इन्फरमेसन युनिट’लाई छुट्याउँदै एफआईयू–नेपालमा रुपान्तरण गरेको हो ।  गत मंसिर १२ गतेको निर्णय अनुसार वित्तीय जानकारी...

चितवनको सेन्ट्रल पाम्स होटललाई ७ दिनभित्र उपस्थित हुन वाणिज्य विभागको निर्देशन access_timeमंसिर १९, २०७९

उपभोक्तासँग सर्भिस चार्ज र अतिरिक्त भ्याट लिएको भन्दै चितवनस्थित सेन्ट्रल पाम्स होटललाई एक साताभित्र वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा हाजिर हुन निर्देशन दिइएको छ । सोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सेन्ट्रल पाम्स होटलको नाममा पत्र काटेर...

रिचार्ज गर्दा टेलिकमले बोनस डाटा उपलब्ध गराउने access_timeमंसिर १९, २०७९

नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट रिचार्ज गरेवापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । ग्राहकले रु. २००, ५०० र  १००० रुपैयाँ दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा बोनस डाटा उपलब्ध गराउने भएको हो ।  रु. २०० को रिचार्ज कार्ड प्र...

८ वटा पालिका अझैं बजेटविहिन access_timeमंसिर १९, २०७९

७५१ स्थानीय तहमध्ये ८ वटा पालिका अझै बजेट विहिनको अवस्थामा छन् । मधेश प्रदेश अन्तर्गतका ७ वटा पालिका र लुम्बिनी प्रदेशको एउटा पालिकाले हालसम्म पनि चालू आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट ल्याउन नसकेका हुन् ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार म...

प्रि–ओपन सेसनमा नेप्से सूचकमा ०.०८ प्रतिशतले उकालो access_timeमंसिर १९, २०७९

प्रि–ओपन सेसनमा नेप्से सूचक ०.०८ प्रतिशतले उकालो लागेको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से १.५७ अंकले उकालो लागि १९६४.७९ विन्दुमा आएको छ । प्रि–ओपन सेसनमा नेप्से ९ कम्पनीको कारोबार हुँदा ७ कम्पनीमा वृद्धि भएको र २ कम्पनीमा ओरालो लागेको छ । ...

मुक्तिनाथका ग्राहकलाई ‘द डालो रेष्ट्रो’ मा विशेष छुट access_timeमंसिर १९, २०७९

मुक्तिनाथ विकास बैंक लि.ले बसुन्धराको ‘द डालो रेष्ट्रो’ सँग फुड एण्ड बेभरेजमा विशेष १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले रेष्ट्रोमा फुड एण्ड बेभरेज...

नेको इन्स्योरेन्सले यस वर्षपनि १५ प्रतिशत बोनस सेयर दिने access_timeमंसिर १९, २०७९

नेको इन्स्योरेन्सले १५ प्रतिशत बोनस सेयर दिने भएको छ । आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगदसहित १५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।  प्रस्तावित लाभांश नियामक ...

एनएमबी बैंकको ४४ हजार कित्ता संस्थापक सेयर लिलामिमा access_timeमंसिर १९, २०७९

एनएमबी बैंकको साढे ४४ हजार कित्ता बराबरको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सिलबन्दी बोलकबोलमार्फत कुल ४४ हजार ६ सय ७१ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।  प्रतिकित्ता न्यूनतम १८० रुपैयाँ तोकेर बिक्रीमा ल्याइएको सेयरमा संस्थागत सदस्य तथा कम्पनी...

सोमबार १९ अर्ब २६ करोडको ट्रेजरी बोलकबोल हुने access_timeमंसिर १९, २०७९

नेपाल राष्ट्र बैंकले सोमबार १९ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल्सको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिममा ट्रेजरी जारी गर्न लागेको हो ।  मंसिर २० गते अर्थात आगामी बुधबार जारी हुने ट्रेजरीको सोमबार दिउँस...

सुनको भाउ प्रतितोला एक लाख नजिक पुग्यो access_timeमंसिर १९, २०७९

सोमबार नेपाली बजारमा सुनको मूल्य तोलाको लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढ्दै ९९ हजार ९ सय रूपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९९ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।&nb...

मह गाउँको परिचय दिँदै दगाम access_timeमंसिर १९, २०७९

परापूर्वकालमा दमाईँ जातिको बसोबास भएकै कारण दमाईँ गाउँ हुँदै त्यसको अपभ्रंशबाट दगाम गाउँ बनेको तनहुँको शुक्लागण्डकी वडा नं २ का स्थानीयवासी बताउँछन् ।  प्राचीन समयमा दमाईँ जातिकै बसेबास भए पनि अहिले भने यहाँ दमाईँ जातिको बसोबास नभई मगर जातिको बसोबास रह...

आगामी आवको बजेटका लागि स्थानीय तह र प्रदेश सरकारसँग कार्यक्रम माग access_timeमंसिर १९, २०७९

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि प्रदेश सरकार र स्थानीय तहसँग कार्यक्रम माग गरेको छ । संघबाट जाने समपूरक तथा विशेष अनुदानअन्तर्गत सञ्‍चालन गरिने कार्यक्रमको प्रस्ताव मागेको हो । संघबाट हस्तान्तरण हुने वित्तीय अनुदान प्रदेश र स्थानीय तहको बज...

धरौटी राख्ने सम्पत्ति नहुँदा पेट्रोलियम पाइपलाइनको काम अलपत्र access_timeमंसिर १९, २०७९

 नेपाल आयल निगमसँग बैंक धरौटी राख्ने भौतिक सम्पत्ति नहुँदा अम्लेखगञ्ज–बरौनी पेट्रोलियम पाइपलाइनको काम ४ महिनादेखि अलपत्र अवस्थामा छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशन (आईओसी) लाई २९ अर्ब रुपैयाँ तिनुपर्ने छ । निगमले सो रकम बुझाउन नसक्ने र बैंक ग्...

कति पुग्यो डलरको मूल्य ? access_timeमंसिर १९, २०७९

आज मंसिर १९ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२९.८२ रुपैयाँ रहेको छ भने बिक्री दर १३०.४२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३६.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १३७.४६ रुपैयाँ रहेको छ । यता बेलायती पाउ...

कामनाको २६ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन access_timeमंसिर १८, २०७९

कामना सेवा विकास बैंक लिमिटेडले सेवा विस्तार गर्दै आइतबारबाट रुपन्देही जिल्लाको तिलोत्तमा न.पा. वडा नं. ३ मा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । तिलोत्तमा न .पा. वडा नं ०३ स्थित न्यू पाल्पाली जनरल स्टोर्स (प्रो. मुना घिमिरे) शाखा रहित बैंकिङ्ग सञ्चाल...

नबिल बन्यो टापका लागि एक्जिम बैंकसँग साझेदार गर्ने नेपालको पहिलो बैंक access_timeमंसिर १८, २०७९

नबिल बैंकले पहिलो पटक नेपालका तर्फबाट व्यापार सहायता कार्यक्रम (ट्याप) अन्तर्गत भारतको निर्यात आयात (एक्जिम) बैँकसँग सम्झौता गरेको छ । हालैमात्र बैंकले एक्जिम बैंकमार्फत नेपालका लागि निर्यात आयातको अनबोर्ड गर्ने अधिकार पाएको हो ।  कडा जोखिम समीक्षापछि, भारत एक्ज...

आर्थिक एवं बैंकिङ सुधारका लागि सहकार्य गर्न आईएमएफलाई सिबिफिनको आग्रह access_timeमंसिर १८, २०७९

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपालको वर्तमान अर्थतन्त्रको सुधारका लागि सहकार्य गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लाई आग्रह गरेको छ । आइतबार राजधानीमा नेपालका लागि आईएमएफका प्रतिनिधि टेरेसा डबान सान्चेजसँग छलफल गर्दै सिबिफिनका उपाध्यक्ष राजेश उ...

उद्योग वाणिज्य महासंघद्वारा अर्थतन्त्र जोगाउन अर्थमन्त्रीलाई आग्रह access_timeमंसिर १८, २०७९

नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको अर्थतन्त्र जोगाउन अर्थमन्त्री जनार्दन शर्मालाई आग्रह गरेको छ । आइतबार महासंघको प्रतिनिधिमण्डलले अर्थतन्त्री शर्मालाई भेटी मुलुकको अर्थतन्त्र जोगाउन सहकार्य एवं समन्वयका भूमिका निभाउन आग्रह गरेको हो ।  महासंघका अध्यक्ष शेखर गोल्छाको ...

४३ हजार मेट्रिक टन मल मौज्दात : कृषि मन्त्रालय access_timeमंसिर १८, २०७९

हिउँदेबालीका लागि करिब ४३ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको र केही परिमाण मल नेपाल भित्रने क्रममा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले हाल २१ हजार सात सय ६४ मेट्रिक टन युरिया, १९ हजार दुई सय ८६ मेट्रिक...

नेशनल लाइफले ५ अर्बको चुक्तापुँजी तोकिएकै समयमा पुर्‍याउने access_timeमंसिर १८, २०७९

नेशनल लाइफ इन्स्योरेन्सको गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित १५ प्रतिशत बोनस सेयर पारित भएको छ । कम्पनीको आइतबार सम्पन्न ३४औं वार्षिक साधारण सभाले उक्त लाभांश सर्वसम्मतिले पारित गरेको हो । चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र सो बापत कर प्रयोजनका लागि ३ करोड १८ लाख ५६...

Page 1 of 1224