केन्द्रीय संस्करण

शिक्षा

एसइई र कक्षा १२ को परीक्षा स्थगित access_timeबैशाख २७, २०७८

 राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।  सोमबार बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।  अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरि...

अन्तरिक्ष प्रतिष्ठान नेपालका टोलीलाई छात्रवृत्ति स्वरुप सानिमा बैंकको ५ लाख प्रदान access_timeबैशाख २१, २०७८

काठमाडौं । सानिमा बैंकले अन्तरिक्ष प्रतिष्ठान नेपाललाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।  नेपालको विद्यार्थीहरूबाट नेपालमै  निर्मित पहिलो स्याटेलाइट ‘नेपाली स्याट–२’ अन्तरिक्षमा प्रक्षेपण गर्ने उद्देश्यका साथ अन्तरिक्ष प्रतिष्ठान नेपालले स...

अक्सिजन सिलिन्डर र आईसीयूको अभाव हुन नदिन सरकारलाई निर्देशन access_timeबैशाख १४, २०७८

  संसदीय समितिले अस्पतालहरुमा अक्सिजन सिलिन्डर र आईसीयूको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा कोभिड–१९ को बढ्दो संक्रमणका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल भएको थियो । छलफल...

नोबेलले एमबीबीएस अन्तिम वर्षमा ल्यायो देशकै उत्कृष्ट नतिजा access_timeबैशाख १३, २०७८

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजले एमबीबीएस अन्तिम बर्षमा देशकै उत्कृष्ट नतिजा ल्याएको छ । नोबेलले यस बर्ष एमबीबीएस चौथो बर्षमा सत प्रतिशत नतिजा ल्याउन सफल भएको हो । एमबीबीएस अन्तिम बर्षको परीक्षामा सामेल भएका नोबेलका १० औं ब्याचका सबै विद्यार्थी उत्तीर्ण भ...

पोखरा विश्वविद्यालयद्वारा अनिश्चितकालका लागि परीक्षा स्थगित access_timeबैशाख १३, २०७८

पोखरा । पोखरा विश्वविद्यालयले सवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । विश्वविद्यालयले सोमबार परीक्षा सञ्चालन गर्ने तयारी गरेपनि सरकारको निर्णय आएपछि अर्को सूचना नभएसम्म सम्पूर्ण परीक्षा रद्द गरेको जनाएको छ ।  परीक्षा नियन्त्रक प्रा.डा.टेकराज ज्ञवालीले सरकार...

१९ प्रतिशत बालबालिका इन्टरनेटको पहुँच बाहिर access_timeबैशाख ११, २०७८

नेपालमा १९ प्रतिशत बालबालिकाहरु इन्टरनेटको पहुँच बाहिर रहेको तथ्याङ्क सार्वजनिक भएको छ । कोरोना महामारीले नेपालको शिक्षामा पारेको असरसम्बन्धी लू निभाः बाल सरोकार समुह र अक्सफोर्ड विश्व विद्यालयको संयुक्त सहकार्यमा गरिएको अनुसन्धानले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।&nb...

१० करोड लागतमा भारतद्वारा दुई विद्यालय र एक क्याम्पस भवन निर्माण access_timeबैशाख १०, २०७८

  भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न श्री रम्भा उच्च माध्यमिक विद्यालय, श्री लक्ष्मी उच्च माध्यमिक विद्यालय र श्री नव आदर्श बहुमुखी क्याम्पसका नवनिर्मित भवनहरूको शुक्रबार उद्घाटन गरिएको छ । ९ करोड ८३ लाख रूपैयाँ लागतमा निर्माण गरिएका भवनहरूको भारतीय राजदूताव...

‘पढाइको नयाँ फन्डा–मेरो स्कुल’ सार्वजनिक access_timeबैशाख २, २०७८

काठमाडौं । एस्ट्रिक टेक्नोलोजिले डिजिटल ई–लर्निङ प्लेटफर्म ‘मेरो स्कुल’ सार्वजनिक गरेको छ । कोभिड–१९ का कारण छुटेको पढाइलाई पूर्णता दिन र संक्रमण जोखिमका कारण भौतिक ट्युसन तथा कोचिङ्ग पठाउन तथा स्कूल जान नचाहने अभिभावक तथा विद्यार्थीहरुलाई ...

प्याब्सनले भन्यो–विद्यालय बन्द होइन, सावधानी अपनाएर खुल्लै राख्नुपर्छ access_timeचैत २९, २०७७

काठमाडौं । देशभर कोरोनाभाइरसको संक्रमणको दोस्रो बढ्दै गएको सन्दर्भमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तीमा ३ साता विद्यालय बन्द गर्न सिफारिस गरेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ ।  प्याब्सनका ...

द व्रिटिस कलेज ‘जब फेयर–२०२१’सम्पन्न, विद्यार्थीहरुले पाए बिभिन्न संस्थामा काम गर्ने अवसर access_timeचैत २९, २०७७

काठमाडौ । द ब्रिटिस कलेजले ‘टीबीसी जब फेयर–२०२१’ सम्पन्न गरेको छ । शुक्रबार कलेजले थापाथली स्थित आफ्नै भवनमा कार्यक्रम सम्पन्न गरेको हो ।   जब फेयरमा प्रतिष्ठित २८ कम्पनीहरुको सहभागितामा २०० भन्दा बढी विद्यार्थीहरुले अन्तक्र्रिया र अन्तवार्ता दिने...

स्मरण शक्ति बढाइदिने भन्दै विद्यार्थीसँग रकम असुलेर कक्षा सञ्चालन access_timeचैत २८, २०७७

ओखलढुंगामा एक युवाले स्मरण शक्ति बढाउने भन्दै विद्यार्थीसँग रकम असुलेर छुट्टै कक्षा सञ्चालन गरेको पाइएपछि स्थानीय प्रशासन रोक लगाएको छ । सुनसरीको धरान १५ का एलसस गिरीले गैरकानुनी रुपमा विद्यार्थीसँग आफूखुशी पैसा असुलेर स्मरण शक्ति बढाइदिने भन्दै छुट्टै कक्षा सञ्चालन गरे...

बजेट विद्यार्थीको पक्षमा हुनुपर्ने माग access_timeचैत २५, २०७७

 काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बजेट जनमुखी र विद्यार्थीको पक्षमा हुनुपर्ने माग गरेको छ ।  अध्यक्ष ऐन महरसहितका नेताहरूले सरकारी सेवा सुविधा र जागिरमा रहने सबैका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक सरकारी विद्यालयमा भर्ना ग...

डा. भेषराज थापालाई विज्ञान तथा प्रविधि युवा पुरस्कार access_timeचैत २४, २०७७

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा(प्रतिष्ठान (नास्ट) ले २०७७ विज्ञान तथा प्रविधि युवा पुरस्कार’ युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजका सहप्राध्यापक ई. डा. भेषराज थापालाई प्रदान गरेको छ। जलस्रोत (वाटर रिसोर्स) को अनुसन्धान क्षेत्रमा पुर्याएको प्राज्ञिक(व...

उदयपुरमा विद्यालय बनाउन भारतद्वारा ४ करोड २९ लाख सहयोग access_timeचैत २४, २०७७

उदयपुरको त्रियुगा नगरपालिकास्थित गाईघाटमा रहेको बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका भारतले सहयोग गरेको छ । नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत अनुमानित ४ करोड २९ लाखको लागतमा सो परियोजनालाई उच्च प्रभाव सामुदायिक परियोजनाको रुपमा अ...

अमेरिका बस्ने विद्यार्थीहरुद्वारा छात्रवृत्ति सहयोग access_timeचैत २३, २०७७

काठमाडौं । अमेरिकामा बस्ने नेपाली विद्यार्थीहरुले काभ्रेपलाञ्चोक जिल्लाको बेथान चोक गाउँपालिकास्थित श्री पार्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गरेका छन् । क्रिन्जल फाउण्डेसन नेपालले शिक्षा दीक्षा कार्यक्रमअन्तर्गत आइतबार छात्रवृत्ति वितरण गरि...

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण access_timeचैत २३, २०७७

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति हस्तान्तरण गरेको छ ।  दूतावासले सोमबार एक कार्यक्रमको आयोजना गरि पाँचसय पचास जना विद्यार्थीहरुलाई छात्रवृत्ति हस्तान्तरण गरेको हो । नेपाली सरकारी विद्यालयमा अध्ययन गरिरहेको जेहेन्दार व...

‘टीबीसी जब फेयर–२०२१’ हुँदै, २५ कम्पनीहरुले सहभागीता जनाउने access_timeचैत २३, २०७७

काठमाडौँ । ब्रिटिस कलेजले (टीबीसी)ले ‘टीबीसी जब फेयर–२०२१’ को आयोजना गर्ने भएको छ । कलेजले थापाथलीस्थित आफ्नै भवनमा आउँदो अप्रिल ९ मा जब फेयरको आयोजना गर्न लागेको हो ।  जब फेयरमा २५ कम्पनीहरुको सहभागिता रहने कलेजका मार्केटिङ हेड अमरदि...

भारत सरकारको आर्थिक सहयोगमा काभ्रेमा दुई विद्यालयको निर्माण कार्य सुरु access_timeचैत २०, २०७७

  काभ्रे जिल्लाको रोशी गाउँपालिकास्थित श्री हरिसिद्धि माध्यमिक विद्यालय र महाभारत गाउँपालिकास्थित श्री सिद्देश्वर माध्यमिक विद्यालयको पुनर्निर्माणका लागि भूमि पूजा सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, भारतीय राजदूतावासको राजनीतिक प्र...

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम योजनाको प्रतिवेदन हस्तान्तरण access_timeचैत १९, २०७७

 काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको योजनाको प्रतिवेदन हस्तान्तरण गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स...

खोटाङमा भूकम्पपछि १०६ वटा सामुदायिक विद्यालय भवन पुनः निर्माण access_timeचैत १८, २०७७

  महाभूकम्पपछि खोटाङमा १०६ वटा सामुदायिक विद्यालय भवन पुनः निर्माणको काम सम्पन्न गरिएको छ । विसं २०७२ सालको भूकम्प र पराकम्पपछि क्षति पुगेका १६१ वटा सामुदायिक विद्यालय भवनमध्ये विभिन्न आर्थिक वर्षमा अपाङ्गमैत्री र महिलामैत्री विद्यालय भवनहरु निर्माण सम्पन्न गरिएको...

विद्यालय बन्द गर्ने केन्द्र सरकारको निर्णय प्रदेश २ का स्थानीय निकायद्वारा अवज्ञा access_timeचैत १७, २०७७

जनकपुर । संघीय सरकारले चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेपनि प्रदेश नम्बर २ का केही पालिकाले भने उक्त निर्णयको अवज्ञा गरेको छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबारदेखि देशभरका विद्यालयहरु बन्द गर्ने निर्णय गरेपनि प्रदेश नम्बर २ को बीरगंज महानगरपालि...

चार दिन देशभरका शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय access_timeचैत १६, २०७७

काठमाडौं । सरकारले देशभरका विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।  सोमबार बसेको बै...

जेठ ३० मा स्ववियु निर्वाचन कति सम्भव, कति व्यावहारिक ? access_timeचैत १४, २०७७

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनबारे त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चासो देखाएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिभुवन विश्वविद्यालय समितिसँग त्रिविले आगामी जेठ ३० गते स्ववियु निर्वाचन गर्न सहमति जनाएको छ । नेविसंघ त्रिवि समितिले पाँच बु...

‘बहिनी शिक्षाका लागि दिदी कार्यक्रम’ access_timeचैत १२, २०७७

काठमाडौं । विद्यालयमा सीमान्तकृत समुदायका बालिकाहरूको पढाइ निरन्तरता र अन्य सहयोगका लागि विभिन्न प्रदेशका पाँच जिल्लाका  पालिकामा सञ्चालित ‘बहिनी शिक्षाका लागि दिदी कार्यक्रम’ ले कक्षा छाड्ने दर घटाउन भूमिका खेलेको पाइएको छ । बालिकाको शिक्षा पाउने अ...

शिक्षा मन्त्रालयले भन्यो–कोरोना संक्रमण बढ्यो, शैक्षिक संस्थामा थप सतर्कता अपनाऔं access_timeचैत १२, २०७७

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालमा पुनः कोरोनाभाइरसको संक्रमण बढ्दै गएको भन्दै शैक्षिक संस्थामा थप सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले जनस्वास्थ्य र सुरक्षा सम्वन्धी मापदण्डका साथै प्रदेश सरकार र...

Page 1 of 26