प्रदेश मुख्य समाचार

रुपन्देहीमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु access_timeमंसिर १९, २०७९

रुपन्देहीको शुद्धोधन गाउँपालिका-२ हिरापुरमा सोमबार ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । रा१ख ७१३ नम्बरको बालुवा बोकेको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको लु २०प १९ ५७ नम्बरको मोटरसाइकललाई आज बिहान ९ बजे ठक्कर दिँदा रुपन्देहीकै बुटवल–१६ का ३...

घरबनाइदिने प्रलोभनमा गैरसरकारी संस्थाको नाममा गरिब परिवारको लाखौँ ठगी access_timeमंसिर १९, २०७९

रूपन्देहीको लुम्बिनी र मर्चवार क्षेत्रमा केही गरिब परिवार योजनाबद्ध तरिकाले ठगिएका छन् । ‘गरिब निर्माण सहयोगदाता’ नामक एक गैरसरकारी संस्थाको नाममा सक्रिय एक समूहको प्रलोभनमा परी उनीहरू ठगिएका हुन् । त्यही समूहको प्रलोभनमा परेका ८० वर्षीय मंहगु हरिजनको ...

गण्डकीमा कांग्रेसले बढायो तीन गुणा शक्ति access_timeमंसिर १९, २०७९

 गण्डकीमा प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको मत परिणाम सकिएको छ । गण्डकीमा कांग्रेस एक्लैले प्रतिनिधिसभातर्फ १० र प्रदेशसभामा १८ सिट जितेर पहिलो दल बन्न सफल भएको छ । प्रतिनिधिसभा तर्फ १८ र प्रदेशसभा तर्फ ३६ निर्वाचन क्षेत्र रहेको गण्डकीमा कांग्रेसले ०७४ भन्दा तेब्बर...

नारायणी नदी तटबन्धको काम सुरु, मेयर दाहलद्वारा अनुगमन access_timeमंसिर १९, २०७९

नारायणी नदी तटबन्धनको काम सुरु भएको छ । हिउँद लागेसँगै नारायणी नदीको निर्माण गर्ने काम सुरु भएको हो । नारायणी नदी तटबन्धको लागि संघिय सरकार उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयबाट करिब रु ५ अर्ब बजेट विनियोजन भई ४ वटा प्याकेजमा ठेक्का सम्झौता भइसकेको छ भने एउटा प्याक...

यी हुन् कर्णाली प्रदेशसभामा समानुपातिकतर्फका सम्भावित सांसद access_timeमंसिर १९, २०७९

कर्णाली प्रदेशसभाको समानुपातिकतर्फ नेकपा एमाले सबैभन्दा ठुलो दल बनेको छ । एमाले १ लाख ८३ हजार ९९० मत प्राप्त गरी समानुपातिकतर्फ पहिलो स्थानमा छ भने नेपाली कांग्रेस १ लाख ७० हजार ७५६ मतसहित दोस्रो स्थानमा छ । नेकपा माओवादी केन्द्रले १ लाख ३७ हजार ६२९ प्राप्त गरेको छ ।...

कलैया उपमहानगरपालिकाको ग्रेडर र ट्रयाक्टरको ब्याट्री चोरी access_timeमंसिर १९, २०७९

सिंचाइ कार्यालय परिसरबाट आइतबार राति कलैया उपमहानगरपालिकाको ग्रेडर र ट्रयाक्टरको ब्याट्री चोरी भएको छ । रातको समयमा पार्किङ गरेर राखिएको एउटा ग्रेडर र ५ वटा ट्रयाक्टरको ब्याट्री चोरी भएको हो । कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले  ग्रेडरक...

जुम्लामा १० जना उम्मेदवारले बुझाए निर्वाचन खर्च विवरण access_timeमंसिर १९, २०७९

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका क्रममा जुम्लामा १३ जना उम्मेदवार रहेकोमा तीमध्ये १० जनाले निर्वाचनको खर्च विवरण बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालय जुम्लाका सूचना अधिकारी अविनन्द्र चौलागाईका अनुसार आइतबारसम्ममा १० जनाले निर्वाचन खर्च विवरण बुझाएका हुन् ...

सुदूरपश्चिममा एमालेले ‘लिडिङ’ हैसियत गुमायो, लोकप्रियता कायमै access_timeमंसिर १९, २०७९

हालै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाट नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा २०७४ को आम निर्वाचनमा पाएको आफ्नो लिडिङ्ग हैसियत गुमाएको छ । तर पार्टीले लोकप्रियतालाई भने कायम राख्न सफल भएको छ । १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २०७४ को निर्...

रुपन्देहीमा ट्याक्टरले किच्दा सहचालकको मृत्यु access_timeमंसिर १९, २०७९

रुपन्देहीको सैनामैना नगरपालिका- २ रिङरोडमा आइतबार  ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  ट्याक्टरका सहचालक सैनामैना– ४ झारबैराका ६० वर्षीय ठगे थारू रहेका प्रहरीले जनाएको छ ।  उनको तिनाउ अस्पताल बुटवलमा उपचार क्रममा ...

प्रदेश १ मा सरकार निर्माणको जोड घटाउमा लागे दलहरू access_timeमंसिर १९, २०७९

प्रदेश १ मा प्रत्यक्ष तथा समानुपातिक तर्फको मतगणना सम्पन्न भएसँगै सरकार निर्माणको जोड घटाउमा दलहरु लागेका छन् । सत्तारुढ गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको प्रदेशस्तरीय बैठक केही दिन अगाडि विराटनगरमा बसेको थियो । उक्त बैठकले निर्...

ग्वार्कोमा नेपालको पहिलो फ्लाई ओभरको निर्माण शुक्रबारबाट शुरु हुने access_timeमंसिर १९, २०७९

नेपालको पहिलो फ्लाई ओभरको निर्माण कार्य आगामी शुक्रबारबाट शुरु हुने भएको छ । ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाई ओभर १४ महिना भित्र सम्पन्न गर्ने गरी शुक्रबारबाट निर्माण थालनी गर्ने तयारी रहेको सडक विभागले जनाएको छ ।   इपीसी (इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड ...

उन्नत गाई आयात गर्न ढुवानी भाडा दिँदै बागमती सरकार access_timeमंसिर १९, २०७९

बागमती प्रदेश सरकारअन्तर्गतको प्रदेश दुग्ध विकास बोर्डले उन्नत गाई आयात गर्न इच्छुक संस्था वा फार्मलाई ढुवानी भाडा अनुदान दिने भएको छ । सोमबार यसका लागि बोर्ड प्रस्ताव आह्वान गरेको छ ।  प्रदेशको आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रममा उन्नत गाई आयातमा ढुवा...

तरकारीका बिरुवा बेचेर मनग्य कमाइ access_timeमंसिर १९, २०७९

सानो लगानीमा घरमै बसीबसी लाखौँ रकम कमाइ हुन थालेपछि गोविन्दप्रसाद दुवाडीलाई बिरुवा बेच्न भ्याइनभ्याइ छ । कालीगण्डकी करिडोर सडकसँग जोडिएको जग्गामा नर्सरीमा उत्पादन गरिएको बिरुवा खरिद गर्न जानेको अहिले दिनहुँ भीड लाग्छ । हिजोआज दैनिक ५० भन्दा बढी ग्राहक बिरुवा खरिद ग...

काभ्रेमा तीन महिनापछि पुनः रेबिज भेटियो, सतर्क रहन आग्रह access_timeमंसिर १९, २०७९

काभ्रेमा तीन महिनापछि पुनः रेबिज रोग देखापरेको छ । जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको पशुमा रेबिज रोगको सङ्क्रमण देखिएको हो । यसअघि गत भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण एक महिनाको अवधिमा चार दर्जनभन्दा बढी पशुचौपायाको मृत्यु भएको...

बागमती : अझै सकिएन प्रदेशसभा हल निर्माण कार्य access_timeमंसिर १९, २०७९

बागमती प्रदेशसभाको दोस्रो कार्यकालका लागि आमनिर्वाचन सम्पन्न भइसकेको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट केही नयाँ र केही पुराना अनुहार संसद्को दोस्रो कार्यकालका लागि प्रदेशसभामा आउँदैछन् । तर, विगत २ वर्षदेखि निर्माण सुरु गरिएको अस्थायी प्रदेशसभा सचिवालयको भवनले ...

दोलखा प्रदेश १ मा कांग्रेसका कुन्दनराज काफ्ले विजयी access_timeमंसिर १८, २०७९

दोलखा प्रदेश १ मा नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी भएका छन् । काफ्ले आइतबार निकटतम प्रतिद्वन्द्वी एमालेका नरबहादुर श्रेष्ठलाई पराजित गरी विजयी भएका हुन् । काफ्लेले २२ हजार ७९७ मत प्राप्त गरेका छन् भने श्रेष्ठले १४ हजार ७५५ मत प्राप्त गरेका छन् । काफ्लेले निक...

सुदूरपश्चिममा विद्युत् आपूर्ति सुधार गर्न पूर्वाधार विस्तार गर्दै प्राधिकरण access_timeमंसिर १८, २०७९

नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा विद्युत् खपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणाली सञ्जाल विस्तार गर्ने भएको छ । प्राधिकरणले तत्कालको समस्या समाधान गर्न हाल सञ्चालनमा रहेका प्रसारण र वितरण प्रणालीका संरचनाको सुदृढीकरण र ...

अमेरिकन एम्बेसी यूथ काउन्सिलको ‘अपस्किल प्रोजेक्ट’ सम्पन्न access_timeमंसिर १८, २०७९

अमेरिकन एम्बेसी यूथ काउन्सिल नेपालको आयोजनामा मङ्सिर १० गतेदेखि दाङमा सुरु भएको ‘अपस्किल’ प्रोजेक्ट आइतबार सम्पन्न भएको छ । आठ दिनसम्म सञ्चालन भएको उक्त प्रोजेक्टले दाङको तुलसीपुरस्थित मेट्रो कलेजका विद्यार्थीहरूलाई अतिरिक्त सीप (ट्रेनिङ) प्रदान गरेको छ । ट्रेन...

कर्णाली प्रदेशसभामा ‘बाबु पुस्ता’को वर्चश्व access_timeमंसिर १८, २०७९

कर्णाली प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित सदस्यमा बाबु पुस्ताका सांसदहरुको वर्चश्व देखिएको छ । राजनीतिमा युवा पुस्ताको उदय भइरहेको भनिए पनि कर्णालीमा भने ५० वर्ष कटेकाहरुकै वर्चश्व देखिन्छ ।​ प्रत्यक्षतर्फ निर्वाचित २४ जना सांसदमध्ये ५० देखि ७० वर्ष उमेर समूहका...

बाँकेमा बेपत्ता दुईको शव फेला access_timeमंसिर १८, २०७९

बाँकेको राप्ती नदीमा बगेर बेपत्ता भएका दुई जनाको शव आज फेला परेको छ ।  बयर खान जङ्गल गएका दुवैजना राप्ती नदी तर्ने क्रममा शनिबारदेखि बेपत्ता थिए । राप्तीसोनारी गाउँपालिका–६ खल्लाटपरीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक राम...

कर्णालीका एक्ला स्वतन्त्र सांसद देवेन्द्र भन्छन्– जुम्लामा सक्कली कांग्रेस म हुँ access_timeमंसिर १८, २०७९

हालै सम्पन्न निर्वाचनमा कर्णालीको जुम्ला अन्य जिल्लाभन्दा विशेष रह्यो । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीको उम्मेदवारी र प्रदेशसभातर्फ गठबन्धनविरुद्ध स्वतन्त्र र नयाँ अनुहारले चुनौतीमात्र दिएनन्, जुम्ला नयाँ इतिहास रच्न सफल भयो । एकातिर ठुल...

मधेस प्रदेशमा जसपाभन्दा जनमत लोकप्रिय access_timeमंसिर १८, २०७९

मधेस प्रदेशमा मधेसी दलमध्ये सबभन्दा लोकप्रिय पार्टी सिके राउत नेतृत्वको जनमत पार्टी भएको छ ।  निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फको हालसम्मको मतपरिणाम अनुसार जनमत पार्टीले मधेस प्रदेशमा तेस्रो स्थान ल्याएको छ । पहिलो स्थानमा नेपाली काँग्रेसले चार...

लुम्बिनीको प्रदेश राजधानी तत्काल नसार्न एमाले र कांग्रेसको आग्रह access_timeमंसिर १८, २०७९

नेकपा एमाले रुपन्देहीले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट तत्काल दाङ नसार्न आग्रह गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै एमालेका रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले राजधानी सार्ने काम तत्काल रोकेर नयाँ बन्ने सरकारले मात्र सार्नुपर्ने उल्लेख गरेका छन् । भौतिक निर्माणको क...

चिटिक्क बन्दै लुम्बिनी प्रदेशको स्थायी राजधानी access_timeमंसिर १८, २०७९

 २०७६ असोज २० गते साविक प्रदेश नंं. ५ को राजधानी र नामकरण प्रदेशसभाले टुुङ्गो लगायो । प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको राप्ती उपत्यका (देउखुरी दाङ) तोकियो । नाम र राजधानी टुुङ्गो लागेको धेरै समय बितिसक्दासम्म प्रदेश सरकारको मुकाम स्थायी राजधानीमा सर्न सके...

सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते access_timeमंसिर १८, २०७९

सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सुर्खेतको बराहताल गाउँपालिका–८ दमारे नजिकै शनिबार राति जीप दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् । जीपमा सवार १० जना मध्ये ६ जना घाइते भएका र १ जनाको अवस्था गम्भीर रहेको प्रहरी चौकी बांगेसिमलले जनाएको छ ।&...

Page 1 of 738