केन्द्रीय संस्करण

पत्रपत्रिकाबाट

ओलीलाई प्रचण्डको फोन : यो के तमासा गर्नुभएको ? access_timeबैशाख ३१, २०७८

माधव नेपाललगायत चार नेतालाई निलम्बन फुकुवाको निर्णय गरेपछि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई फोन गरेर यो के तमासा गर्नुभएको ? भनेका थिए। उनले तपाईंले त निलम्बन फुकुवा गर्नुभएछ, कारबाही फुकुवा गर्नुभएछ, तपाईं कारबाही फुकुवा गर्ने खालको मानिस त हो...

छटपटाएर ज्यान गुमाउँदै संक्रमित, लाचारी प्रदर्शन गर्दै मन्त्री access_timeबैशाख ३१, २०७८

सरकारको अत्यासलाग्दो निष्क्रियताका कारण प्रदेश २ मा पनि कोरोना संक्रमित सर्वसाधारण छटपटाएर ज्यान गुमाउँदै छन्। प्रदेशका स्वास्थ्य केन्द्र चुस्त र दुरुस्त पार्ने जिम्मेवारीमा रहेका सामाजिक विकासमन्त्री भने लाचारी प्रदर्शन गर्दै कमजोरी ढाकछोपमा व्यस्त देखिन्छन्।  सामाजिक वि...

अनि विपक्षी पछि हटे access_timeबैशाख ३१, २०७८

 गठबन्धन सरकारका लागि बहुमत पुर्‍याएर बिहीबार साँझ ९ बजेभित्रै दाबी प्रस्तुत गर्न कांग्रेस, माओवादी केन्द्र र जसपाको एउटा खेमा दिनभर व्यस्त थिए । तर सबैको प्रतीक्षा एमालेका झलनाथ खनाल र माधवकुमार नेपालको निर्णय के हुन्छ भन्नेमा थियो । जब खनाल–नेपाल प...

अस्पतालले बिरामी भर्ना लिन छाडे access_timeबैशाख ३१, २०७८

देशभर कोरोना संक्रमणका बिरामीको संख्या बढिरहेको छ तर अक्सिजन अभावमा अस्पतालले आफ्नो क्षमताअनुसार उपचार सेवा दिन पाएका छैनन्। सरकारले अक्सिजन आपूर्तिमा कोटा प्रणाली लगाएपछि बरु उल्टै अस्पतालले भर्ना लिने बिरामीको संख्या घटाउँदै लगेका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठा...

विवादकै घेरामा जसपा access_timeबैशाख ३१, २०७८

सरकार निर्माणका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) विवाद बिहीबारसम्म समाधान हुन सकेन । शीर्ष नेताबीचको छलफलमा सरकार निर्माणका लागि सहमति नहुँदा पार्टी विवाद झन् चुलिएको हो । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव विपक्षी गठबन्ध...

सङ्क्रमणमा अघिल्लो दिनको तुलनामा सामान्य कमी access_timeबैशाख ३१, २०७८

कोरोना (कोभिड–१९) सङ्क्रमणमा अघिल्लो दिनको तुलनामा सामान्य कमी आएको छ । मृत्यु हुनेको सङ्ख्या बढेको छ । बिहीबार थप आठ हजार ९६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने २१४ जनाको ज्यान गएको छ । अघिल्लो दिन नौ हजार ३०५ मा सङ्क्रमण देखिएको थियो भने १६८ को ज्यान गएक...

नेपाललाई 'उधारो उपलब्धि' access_timeबैशाख ३१, २०७८

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरि एक पटक आफ्नो राजनीतिक चातुर्य प्रदर्शन गर्दै दलभित्रको विवाद मिलाउन सफल भएका छन् ।  दलभित्रको विवाद मिलाउँदा 'उधारो सहमति गरिँदैन' भन्दै अडान राख्ने वरिष्ठ नेता माधवकुमार नेपाल ओलीलाई तेस्रो पटक प्रधानमन्त्री बन्ने ...

के भयो चपली हाइटमा ? access_timeबैशाख ३१, २०७८

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद कार्यदल बनाएर समाधान गर्ने सहमति बनेको छ । चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा बिहीबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफलले कार्यदल बनाएर पार्टी विवाद समाधान ग...

एमाले अध्यक्ष ओली तेस्रोपल्ट प्रधानमन्त्री access_timeबैशाख ३१, २०७८

कांग्रेस र माओवादी केन्द्रले वैकल्पिक सरकार बनाउन गरेको प्रयास विफल भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमाभित्र विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेको हो। यससँगै एमाले अध्यक्ष केपी शर्मा ओली सबैभन्दा ठूलो दलका नेताको हैसियतमा पुनः प्रधानमन्त्री नियुक्त भएका...

धोबीखोलासँगैको आठ रोपनी जग्गा १२ वर्षपछि सरकारकै नाममा फिर्ता access_timeबैशाख ३१, २०७८

काठमाडौं अनामनगरस्थित धोबीखोलासँगैको करिब आठ रोपनी व्यक्तिको नाममा दूषित दर्ता भएको जग्गा सरकारको नाममा मालपोत कार्यालय डिल्लीबजारले फिर्ता ल्याएको छ । १२ वर्षदेखि व्यक्तिको नाममा रहेको जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको हो । अनामनगर धोबीखोलानजिकको ७ रोपनी ७ ...

देउवाः दिनभर दौडधुप साँझ शिथिल access_timeबैशाख ३१, २०७८

 प्रतिनिधि सभामा हाल कायम सदस्य संख्याको बहुमत नपुग्ने अवस्थापछि नेपाली कांग्रेस वैकल्पिक सरकार दाबी गर्नबाट ‘ब्याक’ भएको छ । लामो कसरत र प्रयासपछि आफ्नो पक्षमा संख्या जुटाउन नसकेपछि कांग्रेस बहुमतको वैकल्पिक सरकार दाबी गर्नबाट पछि हटेको हो । कांग्र...

७३ जिल्लामा निषेधाज्ञा access_timeबैशाख ३१, २०७८

कोरोना (कोभिड–१९) सङ्क्रमण महामारीको दोस्रो लहरको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाहरूको सङ्ख्या ७३ पुगेको छ । उपत्यकामा विभिन्न थरीका सवारी पासका नाममा सडकमा चहलपहल बढी देखिएको भन्दै बिहीबारदेखि थप कडाइ थालिएको छ । गृह ...

ओलीविरोधी गठबन्धनको विपक्षमा ठाकुर–महतोको दौडधुप access_timeबैशाख ३०, २०७८

केपी शर्मा ओली सरकारविरोधी गठबन्धनको विपक्षमा उभिएका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो बुधबार दिनभर दौडधुपमै व्यस्त भए। ठाकुर र महतोले नयाँ सरकार निर्माणमा आफूहरू तटस्थ रहने बताउँदै आएका छन्।  ठाकुरनिकट नेता डा. सुरेन्द्र झाका अनुसार ...

अक्सिजन नपाएरै १४ जना संक्रमितको मृत्यु access_timeबैशाख ३०, २०७८

रूपन्देहीमा मंगलबारदेखि अक्सिजन अभाव थियो । कोरोना संक्रमितको उपचार भइरहेका अस्पताल र सरोकारवालाले समस्याबारे सरकारी निकायलाई जानकारी गराइरहेका थिए । सामाजिक सञ्जालमा नागरिकले अक्सिजन सकिएपछि हुने खतराबारे अवगत गराइरहेका थिए । सञ्चारमाध्यममा निरन्तर खबर प्रकाश...

सरकारले अक्सिजनको उत्पादन बढाउने access_timeबैशाख ३०, २०७८

सरकारले कोभिड–१९ का सङ्क्रमितहरुको उपचार तथा उपचारका लागि अत्यावश्यक अक्सिजनको उत्पादन बढाउन र सोको व्यवस्थापनका लागि थप सजग र क्रियाशील रहेको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अक्सिजनको उत्पादन बढाउने, अक्सिजन उद्योगहरूमा बिना व्यवधान २४ सै ...

ओली नेतृत्व सरकारको विकल्प खोज्ने प्रयास विफल हुने सम्भावना access_timeबैशाख ३०, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको तीन दिनको समय बिहीबार सकिँदै छ । तर, अहिलेसम्म केपी ओली नेतृत्व सरकारको विकल्प प्रस्तुत गर्न कसैले सकेका छैनन् । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका राजनीतिक दलहरू नयाँ सरक...

पूरा कार्यकाल किन टिक्दैनन् सरकार ? access_timeबैशाख ३०, २०७८

राजनीतिक स्थिरताको नारा दिई मत बटुलेर प्रधानमन्त्री भएका केपी शर्मा ओली ३ वर्ष २ महिना २५ दिन सरकार चलाएर पदमुक्त भए । प्रजातन्त्र पुनःस्थापनापछिको ३० वर्षमा छिटोछिटो सरकार फेरिएर दिक्क भएका जनता फेरि एकपटक निराश बनेका छन् । त्यसका साथै ५ वर्ष सरकार चलाउने र देशमा ...

कोरोनाबाट भदौ १६ सम्म ४२ हजार जनाको ज्यान जान सक्ने access_timeबैशाख ३०, २०७८

कोरोनाको दोस्रो लहरले नेपालमा संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएका बेला भदौ १६ सम्म ४२ हजार जनाको ज्यान जान सक्ने प्रक्षेपण एक अन्तर्राष्ट्रिय संस्थाले गरेको छ । अमेरिकाको वासिङ्टन विश्वविद्यालयमा रहेको अन्तर्राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्र ‘इन्स्टिच्युट अफ हेल्थ...

ओलीले बेवास्ता गरेपछि नेपाल र खनाल राजीनामाको तयारीमा access_timeबैशाख ३०, २०७८

नेकपा एमालेको विवाद निरुपणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरेपछि वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल पक्षले पार्टीबाटै बाहिरिने कि सांसद पदबाट राजीनामा दिने भन्नेबारे छलफल थालेको छ ।  सर्वोच्च अदालतको फैसलाअनुसार पार्टीलाई २०७५ जेठ २ गते...

१ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित access_timeबैशाख ३०, २०७८

कोरोना संक्रमण उकालो लाग्दो क्रममा रहेकै बेला नेपालमा १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन योग्य जनसंख्या अनुमानित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ रहेको प्रक्षेपण गरेको थियो । मन्त्रालय प्रमुख विशेषज्ञ डा. रोशन पोखर...

विवाहको भीडले गाउँभर कोरोना access_timeबैशाख ३०, २०७८

विवाहमा भएको भीडभाडले महोत्तरीको बर्दिबास ५ चेरु गाउँमा कोरोना संक्रमण फैलिएको छ ।  गाउँका मानिसमा ज्वरो, रुघाखोकी देखिएपछि ४३ जनामा गरिएको कोरोना परीक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको बर्दिबास नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु यादवले ...

विपक्षी गठबन्धनको के छ तयारी ? access_timeबैशाख ३०, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी दललाई बहुमत जुटाउन हम्मेहम्मे देखिएको छ। त्यसका लागि एमालेको असन्तुष्ट माधवकुमार नेपाल पक्षलाई राजीनामा गराउन विपक्षी गठबन्धन लागिपरेको छ। एमाल...

बन्द हुन थाले सिमेन्ट उद्योग access_timeबैशाख ३०, २०७८

कोरोना भाइरस (कोभिड–१९) को दोस्रो भेरिएन्टको संक्रमण ह्वात्तै बढेको र जारी निषेधाज्ञा पनि लम्बिएसँगै निर्माण उद्योगहरूको उत्पादन क्षमता कम हुन थालेको छ । संक्रमणको डर र निषेधाज्ञाका कारण हाल २५ प्रतिशत सिमेन्ट उद्योग बन्द भइसकेका छन् भने सञ्चालनमा आएका ७५ प्रतिशत उद्...

नेपाललाई जापानलगायत यी देशले लगाए प्रवेशमा रोक access_timeबैशाख ३०, २०७८

नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापानलगायतका देशले तत्काल नेपालसहित चार देशका नागरिक प्रवेशमा रोक लगाएका छन् । नेपालमा नयाँ भेरिएन्टसहितको कोरोना सङ्क्रमण उच्च जोखिममा रहेको भन्दै नेपालसहित बङ्गलादेश, पाकिस्तान र श्रीलङ्...

यसरी बन्न सक्छन् देउवा प्रधानमन्त्री access_timeबैशाख ३०, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएसँगै नयाँ सरकार गठनको जोडघटाउ पेचिलो बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा विशेष अधिवेशनअन्तर्गत मतदान प्रक्रियामा विश्वासको मत गुमाऐसँगै कांग्रेस–माओवादीलगायत दल नयाँ सरकार गठनको तीव्र द...

Page 1 of 702