प्रदेश १

दमकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु access_timeमंसिर १६, २०७९

झापाको दमकमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार राति दमक नगरपालिका–९ स्थित मोटरसाइकलको ठक्करबाट इलामको माई नगरपालिका–१० का ४७ वर्षीय गोपाल राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।  उनको थप उपचारका लागि न्यूरो अस्पताल...

प्रदेश १ का १३ जिल्लामा एमाले बन्यो पहिलो (तथ्यांकसहित) access_timeमंसिर १६, २०७९

प्रदेश १ का १४ जिल्ला​मध्ये प्रतिनिधिसभाको समानुपातिकतर्फ मोरङबाहेक सबै जिल्लामा एमाले पहिलो पार्टी बनेको छ ।  सुनसरीको क्षेत्र नम्बर ३ को समानुपातिकतर्फको मतगणना जारी रहेको छ, तर एमालेको अग्रता कायमै छ ।  मोरङमा भने नेपाली कांग्रेस पहिलो बनेको छ । म...

झापा दुर्घटनामा दुई जनाको मृत्यु access_timeमंसिर १६, २०७९

झापामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको दमक–९ स्थित क्याम्पसमोढ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गए राति एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति पश्चिमबाट पूर्वतर्फ ...

बैंकको उच्च ब्याजदरका विषयमा अन्तरक्रिया access_timeमंसिर १५, २०७९

बैँकहरूले हाल निर्धारण गरेको उच्च ब्याजदरका विषयमा मोरङको बेलबारीमा व्यवसायी, बैंक पदाधिकारी र नगरपालिकाबीच छलफल भएको छ ।  बेलबारी उद्योग वाणिज्य संघको पहल र बेलबारी नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा व्यवसायीहरूले चर्को ब्याजदरको कारणले व्यवसाय दिनदिनै धर...

विकसित महानगर बनाउने अभियानमा साथ दिन मेयर कोइरालाको आग्रह access_timeमंसिर १५, २०७९

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सफा, सुन्दर, हराभरा, व्यवस्थित र विकसित महानगर बनाउने अभियानमा साथ दिन आग्रह गरेका छन् । सचिवालयमार्फत विज्ञप्ति जारी गर्दै मेयर कोइरालाले निर्वाचित भएर आएपछि सरसफाईलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गरेका छन् । हाल...

प्रदेश १ प्रदेशसभामा स्नातकदेखि एमफीलसम्म पढेका ३४ जना निर्वाचित, ४ जना ‘अन्डर एसएलसी’ access_timeमंसिर १५, २०७९

प्रदेश १ मा ५६ जना प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य (सांसद)मध्ये ३४ जनाले स्नातक तह वा सोभन्दा माथिको अध्ययन गरेका छन् । राजनीतिमा पढेलेखेका मानिसको प्रवेश नभएको चर्चा भइरहँदा निर्वाचित प्रदेश सांसदहरु भने धेरै पढेलेखेकै परेका छन् ।  जसमध्ये एसएलसी सकेका ७ जन...

सुनसरी–४ (२) मा मन्सुरी विजयी access_timeमंसिर १४, २०७९

सुनसरी क्षेत्र नं ४(२) मा लोकतान्त्रिक– वामगठबन्धनका उम्मेदवार हाजी इसराइल मन्सुरी विजयी भएका छन् । आज साँझ सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मन्सुरी दुई हजार एक सय १५ मतान्तरले विजयी भएका हुन् । उनले नेकपा (एमाले) का हाजी अब्बास अ...

सुनसरी-४ मा सञ्चार मन्त्री कार्कीलाई ९५ मतको अग्रता access_timeमंसिर १४, २०७९

विवाद पछि हिजो दिउँसोदेखि मतगणना भइरहेको सुनसरी ४ मा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीको झिनो अग्रता कायमै छ । यो समाचार तयार पार्दासम्म काँग्रेस नेतासमेत रहेका कार्कीले २८ हजार १६६ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले २८ हजार ७१ मत ल्याएका छन् । उ...

अध्यक्ष लिङ्देनद्वारा तीनवटा पुलको शिलान्यास access_timeमंसिर १४, २०७९

नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले आज एकै दिन तीनवटा पुलको शिलान्यास गरेका छन् । राप्रपा अध्यक्षसमेत रहेका उनले हल्दीबारी गाउँपालिकाको भुतेनी खोला, भुसुडी खोलामा बन्ने पक्की पुलको शिलान्यास गरे । विसं २०८१ मङ्सिर ५ गते निर्माण सम्पन्न हुने गरी रु चार करोड ६७ लाख ...

प्रदेश १ मा एमाले, माओवादी र जसपा खुम्चिँदा राप्रपाको प्रगति access_timeमंसिर १४, २०७९

२०७४ सालको निर्वाचनमा प्रदेश १ को प्रदेशसभा एक्लै बहुमत सांसद संख्या जितेको नेकपा एमाले यस पटक भने उसले सरकार बनाउन अरू नै दलको सहारा लिनुपर्ने भएको छ । २०७४ सालमा एमालेले प्रत्यक्षमा ३६ र समानुपातिकमा १५ सिट गरेर ५१ सिट संख्या एक्लै जितेको थियो । उक्त संख्या ...

को बन्लान् एकीकृत समाजवादी  र जसपाबाट एक–एक जना समानुपातिक सांसद ? access_timeमंसिर १४, २०७९

प्रदेश १ मा समानुपातिक मतगणना अन्तिम चरणमा पुग्न लागेसँगै उक्त कोटाबाट को–को निर्वाचित होलान् भन्ने चासो बढेको छ । अब सुनसरीको ३ नम्बर निर्वाचन क्षेत्रको मात्रै समानुपातिक मतगणना बाँकी छ । अहिलेसम्मको मत परिणाममा प्रदेश १ मा नेकपा एमाले पहिलो, नेपाली काँग्रेस द...

महासंघद्वारा पत्रकार राईको रिहाइ गर्न माग access_timeमंसिर १४, २०७९

नेपाल पत्रकार महासंघ शाखा, खोटाङले समाचार लेखेको विषयमा पक्राउ परेका उदयपुरका पत्रकार गजेन्द्र राईको बिना सर्त रिहाइको माग गरेको छ । समाचार लेखेको विषयमा पत्रकार राईलाई साइवर क्राइमअन्तर्गतको मुद्दा चलाइएकोमा आपत्ति जनाउँदै महासंघले सो मुद्दा खारेज गर्न र विना सर्त र...

सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन access_timeमंसिर १४, २०७९

सोलुखुम्बुका एक हजार एक सयभन्दा बढी परिवार अन्धकारमा बस्न बाध्य छन् । जिल्लाको महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिका क्षेत्रका बासिन्दा पाँच दिनदेखि अन्धकारमा रात कटाउन बाध्य छन् । महाकुलुङ गाउँपालिका–५ चाचालुङस्थित बुदुमखोला लघुजलविद्युत् आयोजनाको मेसिनमा ख...

प्रदेश १ मा एमालेको सरकार बन्ने बलियो सम्भावना access_timeमंसिर १४, २०७९

प्रदेश १ को प्रत्यक्षतर्फ सुनसरीको ३ (२) मा पनि एमालेका उम्मेदवार रामदेव यादव विजयी भएसँगै सत्ता गठबन्धनको सरकार बन्ने सम्भावना कमजोर बनेको छ । ५६ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये एमाले–राप्रपा–जसपाको गठबन्धनको सिट संख्या २७ पुगेको छ । यता सत्ता गठबन्धन दलह...

सुनसरी ३ (२) बाट एमालेका रामदेव यादव विजयी access_timeमंसिर १३, २०७९

सुनसरी क्षेत्र नम्बर ३ (२) बाट नेकपा एमालेका रामदेव यादव प्रदेशसभा सदस्यमा विजयी भएका छन । उनले कांग्रेसका विन्देश्वर यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन् । रामदेवले १९ हजार ४७९ मत ल्याइ विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी विन्देश्वरले १८ हजार ८९१ मत ल्याए । ...

प्रदेश १ मा एमालेको नेतृत्वमा सरकार बन्छ : कार्की access_timeमंसिर १३, २०७९

नेकपा एमालेबाट प्रदेश १ को मुख्यमन्त्रीका दाबेदार हिक्मतकुमार कार्कीले एमाले नेतृत्वमा सरकार गठन हुने बताएका छन् ।  प्रदेश १ को प्रत्यक्षतर्फ सुनसरीको ३ (२) मा पनि एमालेका उम्मेदवार रामदेव यादव विजयी भएसँगै सत्ता गठबन्धनको सरकार बन्ने सम्भावना कमजोर बनेको थियो । &l...

उदयपुर–१ मतगणना पुनः सुरु access_timeमंसिर १३, २०७९

उदयपुर-१ को मतगणना पुनः सुरु भएको छ । सो क्षेत्रको मतगणना तीनदेखि रोकिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगको निर्देशअनुसार आज बिहानबाट पुनः गणना सुरु गरिएको हो । गत शनिबार बिहान क्षेत्र नं १ को मतगणना हुँदै गर्दा केही मतदान केन्द्र...

झापामा प्रदेशभन्दा प्रतिनिधिसभातर्फको बदर मत बढी access_timeमंसिर १३, २०७९

झापामा प्रतिनिधिसभाको भन्दा प्रदेशसभाको प्रत्यक्षतर्फ बदर मत कम भएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ खसेको चार लाख १२ हजार तीन सय छ मध्ये २३ हजार नौ सय ६० मत अर्थात् पाँच दशमलव ८१ प्रतिशत बदर भएको निर्वाचन कार्यालय झापाले जनाएको छ ।  निर्वाचन कार्यालयका प्रमु...

सुनसरी-४ मा आजबाट पुन: मतगणना सुरु गर्ने तयारी access_timeमंसिर १३, २०७९

सुनसरी ४ को मतगणना आजबाट सुरु हुने भएको छ । शनिबारदेखि स्थगित भएको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी गरिएको छ ।  सुनसरी-४ मा कांग्रेसबाट उम्मेदवार बनेका सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्क...

मकवानपुरमा साढे ३१ हजार मत बदर access_timeमंसिर १२, २०७९

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मकवानपुरमा ३१ हजार चार सय ७४ मत बदर भएको छ ।  बागमती प्रदेश निर्वाचन कार्यालय मकवानपुरका अनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नं १ मा ९१ हजार चार सय ८९ मत खसेकोमा चार हजार ५८ मत बदर भएको छ ...

फुटपाथ खाली गराउन थालेपछि व्यापारीद्वारा महानगरपालिका घेराउ access_timeमंसिर १२, २०७९

विराटनगरकाे मुख्य व्यापारिक क्षेत्रमा रहेकाे  फुटपाथ खाली गराउन थालेपछि व्यापारी आन्दोलनमा उत्रिएका छन् । विराटनगर महानगरपालिकाले फुटपाथ खाली गराउन थालेपछि विराेध गर्दै व्यापारीहरू आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनमा उत्रिएका व्यापारीले सोमबार महानगरपालिकाको क...

मङ्सिर २२ देखि अरुण डाँडा महोत्सव access_timeमंसिर १२, २०७९

पर्यटन प्रवर्द्धनका लागि मङ्सिर २२ देखि ‘अरुण डाँडा पर्यटन प्रवर्द्धन महोत्सव २०७९’ आयोजना हुने भएको छ ।  ‘पौवादुङमा गाउँपालिकाको उत्सव, हाम्रो पहिचान संस्कृति सम्पदा आन्तरिक तथा बाह्य पर्यटन महोत्सव’ भन्ने मूल नारासहित पर्यटकीयस्थल पौवादुङमा&n...

प्रदेश १ मा सोचेअनुसार नतिजा नआएपछि सत्ता गठबन्धनमा छटपटी, एमाले उत्साहित access_timeमंसिर १२, २०७९

बहुमत ल्याएर सरकार बनाउने लक्ष्यका साथ चुनावमा होमिएको सत्ता गठबन्धनको प्रदेश १ मा आशातीत नतिजा आउन सकेन । जसका कारण सत्ता गठबन्धन दलमा छटपटी सुरु भएको छ ।  ५६ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये सार्वजनिक भएको ५५ वटा निर्वाचन क्षेत्रको परिणाममा सत्ता गठबन्धन केही सिटल...

झापामा धानको उत्पादकत्व बढ्यो access_timeमंसिर १२, २०७९

झापामा वर्षे धानको उत्पादकत्व बढेको छ । गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए।  यस वर्ष जिल्लामा वर्षे धानको उत्पादकत्व चार दशमलव ८९ मेट्रिक टन प्रतिहेक्टर रहेको उहाँले बताउन...

इलाम-१ (१) मा लिम्बु र (२) मा राई निर्वाचित access_timeमंसिर ११, २०७९

इलाम क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा १ मा नेकपा (एकिकृत समाजवादी)का खिनु लङ्वा लिम्बु र प्रदेशसभा २ मा नेपाली कांग्रेसका शमशेर राई निर्वाचित भएका छन् ।  प्रदेशसभा १ मा लङ्वाले १३ हजार तीन सय ७० मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का शोभा पराजुली...

Page 1 of 249