केन्द्रीय संस्करण
समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्यको घोषणा

person explore access_timeबैशाख ६, २०७८ chat_bubble_outline0

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्यको घोषणा गरेकी छिन् ।  मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सोमबार संविधानको धारा ९३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्यको घोषणाका गरेकी हुन् । 

राष्ट्रपतिले सभामुख अग्नि प्रसाद सापकोटालाई प्रेषित गरेको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ वैशाख ६ को सिफारिसमा प्रतिनिधिसभाको चालू अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमबारका दिन अपरान्ह १ बजेदेखि अन्त्य गरेको छु।’

प्रतिनिधिसभा पुनःस्थापना भएपछि गत फागुन २३ गतेदेखि प्रतिनिधिसभाको अधिवेशन चालू रहेको थियो । 

 


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.