केन्द्रीय संस्करण

भारतको महाराष्ट्रमा प्रत्येक तीन मिनेटमा कोरोनाबाट एक जनाको मृत्यु

person explore access_timeबैशाख ६, २०७८ chat_bubble_outline0

मुम्बई । भारतमा कोरोना संक्रमण तीव्र दरमा वृद्धि हुँदै गइरहेको छ । कोरोनाबाट सर्वाधिक प्रभावित बनेको महाराष्ट्रमा प्रत्येक घण्टा दुई हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्रमा प्रत्येक तीन मिनेटमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भइरहेको छ ।

आइतबार महाराष्ट्रमा कोरोनाभाइरसको ६८ हजार ६३१ नयाँ बिरामी फेला परेका छन् । हालसम्म महाराष्ट्रमा कोरोनाको कुल ३८ लाख ३९ हजार ३३८ मामिला देखा परेका छन् । आइतबार महाराष्ट्रमा कोरोनाका कारण ५०३ जनाको मृत्यु भएको छ । 

महाराष्ट्रमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ ।

https://www.livehindustan.com/

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.