कानमा इयरबड अड्किएको पाँच वर्षसम्म थाहा नपाएपछि...

person explore access_timeकात्तिक ३०, २०७९ chat_bubble_outline0

इङल्याण्डका विलिस लीको कानमा पछिल्लो पाँच वर्षदेखि इयरबड अड्किएको थियो । अहिले त्यो बाहिर निकालेपछि उनले राहत महसुस गरेका छन् ।


विलिस ली, रोयल नेवीमा सेवा गर्छन् । पाँच वर्षअघि विलिस आफ्नो परिवारलाई भेट्न अष्ट्रेलिया जाँदै थिए । हवाई यात्राको क्रममा उनले हवाईजहाजको कोलाहलबाट बच्न कानमा इयरबड राखे र यात्रापछि निकाल्न बिर्से ।



तर एकाएक उनको श्रवण शक्ति कमजोर हुँदै गयो । उनलाई लाग्यो – लामो समयसम्म उड्डयन उद्योगमा काम गरेकाले आफूले राम्रोसँग सुन्न नसकेको हो कि ?



एकपटक उनलाई यो पनि लाग्यो कि युवावस्थामा रग्बी खेल्दा कानमा चोट लागेका कारण पो कान सन्न छोडेको पो हो कि ?

समस्या अलि धेरै नै बढेपछि उनले एकदिन एन्डोस्कोपी किट किने र घरमा नै आफ्नो कानको परीक्षण गरे । त्यतिबेला उनले कुनै सेतो चिज उनको कानमा फसिरहेको भेटे ।
त्यसपछि उनले डाक्टरलाई सम्पर्क गरे र यसलाई निकाले ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।