बालनाटक: गोवर्धन पर्वतको पूजा

person explore access_timeमंसिर ४, २०७९ chat_bubble_outline0

स्थान:– कुनै सामुदायिक विद्यालय
समय:– दिउसोको करीव दुई बजे ।
पात्रहरू:– नन्दबाबा:  ५० वर्ष
उपनन्द:   ४० वर्ष
मधुमङ्गल: ४० वर्ष
कृष्ण:     ७ वर्ष । 


विद्यालयको सभाकक्षमा चार कक्षाका भाइबहिनीहरू अतिरिक्त क्रियाकलापमा सम्लग्न छन् । विद्यालयका गुरुवर्ग तथा गुरुआमा लगायत दर्शक प्रशस्तै छन् । उनीहरूमध्ये प्रधानाध्यापक श्यामसुन्दर र नैतिक शिक्षा पढाउने गुरु आमा सरला अगाडिको बेन्चमा देखिन्छन् । सभाकक्षको भित्तामा ब्रजभूमिको पोष्टर देखिन्छ भने बीचमा इन्द्रको कलात्मक मूर्ति राखिएको छ ।



मधुमङ्गल:– (सभाकक्षमा प्रवेश गर्दै) पूजाको साइत भइसकेकाले नन्दबाबालाई कत्ति बिलम्ब नगरी देवराज इन्द्रको पूजा सुरू गर्न आग्रह गर्छु । 



नन्दबाबा:– अवश्य पहिले नै तयारी अवस्थामा छु । बरू यस्तो पुनित कार्यमा साथ दिन ब्रजबासीे सबैलाई आग्रह गर्छु । उनी हातमा पूजाको थाली लिँदै इन्द्रको मूर्तितर्फ बढ्न लाग्छन् ।  

बालकृष्ण:– ‘पख्नुस् बाबा ! एकछिन (अकस्मात् सभाकक्षमा प्रवेश गर्दै) पहिले इन्द्रको पूजा किन गर्ने भन्ने प्रष्ट पार्न आग्रह गर्छु । (ब्रजबासी मुखामुख गर्न लाग्छन्)

नन्दबाबा:– ल ! बाबु ! के कुरा गरेको त्यस्तो ? आज इन्द्रोत्सवको दिन हो भन्ने थाहा छैन ? प्रत्येक वर्ष आजैका दिन ब्रजबासीले इन्द्रको पूजा गर्दै आएका छन् ।

कुष्ण:– इन्द्र भनेका को हुन् बाबा !

नन्दबाबा:– उनी ठूला देवता हुन्, देवताका पनि राजा ।

‘उनको पूजा किन गर्नुपर्ने नि बाबा !’

‘उनलाई खुसी पार्न नि किन भन्ने ?’

‘पूजा नगरे इन्द्र खुसी हुँदैनन् हो ?’

‘हो त नि ।’

‘खुसी नभए के हुन्छन् त बाबा !’

‘रिसाउँछन् बाबु !’

‘रिसाएर रिसाउन दिनुस् त । उनी रिसाएर हामीलाई के फरक पर्छ र ?’

‘ल ! कहाँ त्यसो भनेर हुन्छ बाबु ! उनी रिसाए भने पानी पार्दैनन् अनि भएन चौपट ।’

‘त्यसै भएर उनको पूजा गर्नुपर्ने हो ?’

‘हो त नि बाबु ! उनी खुसी भए भने समयमा पानी पार्छन् । पानी परेपछि बालीनाली सप्रिन्छन्, घाँसहरू पलाउँछन्, जसले गर्दा हाम्रो र गाईको जीवन बचाउँछ ।’

कृष्ण:– माफ गर्नुहोला बाबा ! सानो मुखको ठूलो कुरा तर यसमा म सहमत छैन । पहिलो कुरा त पानी पार्ने काम प्रकृतिको हो, इन्द्रको होइन । यदि उनले नै पार्छन् भनेर मान्ने हो भने पनि त्यो उनको काम हो । पूजा गरेपछि मात्र पार्छन् भन्ने हुँदैन ।

नन्दबाबा:– त्यसो भन्दैनन् बाबु ! यसै पनि उनी देवता हुन् हामी मानिस । मानिसले देवताको पूजा गर्नैपर्छ । त्यसमाथि यो परम्परा हो, जसलाई तोड्नुहुँदैन नत्र अलछिन लाग्छ ।

कृष्ण:– त्यसो होइन बाबा ! देवताहरू पूजा गरे मात्र खुसी हुने भन्ने हुँदैन । उनीहरूलाई कसले के ग¥यो भन्नेभन्दा पनि आफूले के गर्ने भन्ने कुुराको चिन्ता हुन्छ । जसले जे गरे पनि आफ्नो काम छाड्दैनन्, जस्तो अग्निले गर्छन्, वायुले गर्छन्, सूर्यले गर्छन्, पृथिवीले गर्छिन्, नदीहरूले गर्छन् । यदि पूजा र प्रसाद पाएपछि मात्र खुसी हुन्छन् भने त्यस्ता देवता होइन स्वार्थी हुन्छन् । त्यस्तालाई पूजा गर्नुको कुनै अर्थ छैन ।

नन्दबाबा:– त्यसो भए के गर्ने त ? पूजा नै नगर्ने ?’

कृष्ण:– कुरा त्यसो होइन बाबा ! पूजा गर्ने हो, धुमधामले गर्ने तर इन्द्रको नभई यिनै गोवर्धन पर्वतको । हाम्रा देवता भनेका यिनै पर्वत हुन्, जसले घाँस दिएर हाम्रा गाईहरूलाई पोषण दिएका छन् भने प्रकृतिलाई पानी पार्न सहयोग पु¥याएर हामी सबैको जीवन बचाएका छन् ।

उपनन्द:– हो, हो कृष्ण ठीकै भन्दैछन् । मानिस सानो भएर के गर्ने कुरा बुद्धिमानी गरेको छ । त्यसैले आजैदेखि इन्द्रको होइन गोवर्धन पर्वको पूजा गर्ने परम्परा बसाउन आग्रह गर्छु ।

ब्रजबासीहरू:– हो, हामीलाई पनि कुरा साह्रै मन प¥यो । नन्दबाबालाई त्यस्तै परम्परा बसाउन आग्रह गर्छौँ ।

सबैको मत एउटै भएपछि नन्दबाबाले गोवर्धन पर्वतको पूजा गरे । सघाउने काम ब्रजबासीले गरे । यो कुरा इन्द्रलाई मन परेन र रिसले चूर भई ब्रजभूमिलाई पानीमा डुवाउने उद्देश्यले सात दिन, सात रातसम्म मुसलधारे पानी वर्षाए तर कृष्णले गोवर्धन पर्वत उठाएर पानी तर्काएकाले ब्रजबासीलाई केही भएन । पानी रोकिएपछि बालकृष्ण गोवर्धन पर्वतलाई जाहाँको त्यहीँ राखेर गोप–गोपीका साथमा घरतिर लागे । इ्रन्द्र हेरेको हे¥यै भए । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।