२० अर्बको ट्रेजरी बिल्सको सोझै खरिद बोलकबोल गर्दै राष्ट्र बैंक

person explore access_timeमंसिर ८, २०७९ chat_bubble_outline0

नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्बको ट्रेजरी बिल्सको सोझै खरिद बोलकबोल गर्ने भएको छ । मंसिर ९ गते अर्थात् भोलि शुक्रबार बिक्री गर्ने गरी बैंकले आज दिउँसो २ बजे ट्रेजरीको सोझै बोलकबोल गर्ने भएको हो । 


बैंकका अनुसार २०७९ मंसिर ९ गते बिक्री हुने बिल्स आगामी चैत मसान्तसम्म अवधिको हुनेछ । इच्छुक काउण्टर पार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नुपर्नेछ भने न्यूनतम् ५ करोड रुपैयाँदेखि ५ करोडले भाग गर्दा निशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।



सोझै खरिद बोलकबोलको रकम बाँडफाँड भने बोलबमोजिमको वार्षिक प्रतिफल दर (यड रेट) गणना गरी सबभन्दा बढी प्रतिफल दर बोल गर्ने काउण्टर पार्टीलाई प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने बैंकले जनाएको छ । 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।