बारा-२ प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार कलवार, जसपाका राउत विजयी

person explore access_timeमंसिर ८, २०७९ chat_bubble_outline0

बारा निर्वाचन २ (क) प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार शारदा शंकर कलवार र २ (ख) मा जसपा उम्मेदवार बच्चा राउत अहिर निर्वाचित भएका छन् । जसपा–एमाले गठबन्धनका उम्मेदवार  बलविर चौधरीलाई  २ हजार ४२८ मतले पछाडि पार्दै  स्वतन्त्र उम्मेदवार कलवार विजयी भएका हुन् । 


जनता समाजवादी पार्टीले टिकट नदिएर वल्ब चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका कलवारले एमाले उम्मेदवार चौधरीलाई पराजित गरेका हुन् । त्यसैगरी बारा निर्वाचन क्षेत्र नं २ को (ख) मा जनता समाजवादी पार्टीका  बच्चा राउत अहिर विजयी भएका छन् । 



उनले १ हजार ३६३ मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार रामअयोध्याप्रसाद यादवलाई पराजित गरेका हुन् । बच्चा राउत साही निर्वाचन क्षेत्रका निवर्तमान प्रदेशसभा सदस्य हुन् । उनि दोस्रो कार्यकालमा लागि पुन निर्वाचित भएका छन् ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।