आम निर्वाचन २०७९

रौतहट–३ बाट प्रभु साह निर्वाचित

person explore access_timeमंसिर ८, २०७९ chat_bubble_outline0

रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह महागठबन्धनलाई भारी मतान्तरका साथ हराउँदै विजयी भएका छन् । एमालेबाट राजीनामा दिएपछि सत्ता गठबन्धनको समर्थनमा साह ३२ हजार ४३७ मत ल्याएर विजयी भएका हुन् ।


साह एमालेबाट चुनाव नलडेपछि सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादीका रविन्द्र पट्टेललाई उम्मेदवारी दिन आग्रह गरेका थिए । अन्तिममा उनले उम्मेदवारी फिर्ता नलिएपछि माओवादीले पार्टीबाट कारबाही गरेको थियो ।



साहले पाचाकल चुनाव चिन्ह लिएर चुनाव लडेका थिए । साहका निकटतम् प्रतिद्वन्द्वी ओमप्रकाशले २५ हजार २ सय मत ल्याएका छन् । उनी एमालेको समर्थनमा दोस्रो भएका हुन् । माओवादीका बागी उम्मेदवारी दिएका पट्टेलले ८ हजार ४५८ मत ल्याएर तेस्रो भएका छन् ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।